बुधबार , जेठ २०, २०८३

बहुद्देश्यीय भवन शिलान्यास
हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा रु ४७ करोड ७२ लाखका लागतमा निर्माण हुन लागेको बहुद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाद्वारा निर्माण हुन लागेको सो ११ तल्लाका भवनको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गर्नुभयो । सो भवनमा भ्युटावरसहितको बहुद्देश्यीय भवनमा सबैभन्दा तल दुई तल्लाको अन्डरग्राउण्ड, चारैतिरबाट लिफ्ट, दुईवटा भ¥याङलगायतका भौतिक संरचना निर्माण हुने सो उपमहानगरपालिकाका पूर्वाधार निर्माण महाशाखा प्रमुख सत्यनारायण शाहले जानकरी दिनुभयो ।

लामा, रसुवा र बानियाँ जेभी कन्स्ट्रक्सन कम्पनीद्वारा निर्माण सुरु भएको सो बहुद्देश्यीय भवन तीन वर्षभित्रमा निर्माण सम्पन्न हुने बताइएको छ । सो अवसरमा प्रमुख महतले विकास निर्माणको कार्यमा हेटौँडा उपमहानगरपालिका अगाडि रहेको जनाउँदै यो भवनको निर्माणबाट उपमहानगरपालिकाको आम्दानीमा वृद्धि हुने विचार व्यक्त गर्नुभयो । सो शिलान्यास कार्यक्रम हेटौँडा उपमहानगरपालिका वडा–४ वडाध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर