latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

अतिक्रमित संरचना हटाउन सुरु
रत्नराजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरु भएको छ ।डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरु गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिनुभयो । उहाँका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१ मिटरसम्मका संरचना यथावत रहन दिइने भएको छ । कोहलपुरबाट अतिक्रमण हटाउन सुरु गरे पनि कोहलपुर उद्योग वाणिज्य सङ्घले अतिक्रमण हटाउने बारे स्थानीयवासीले जानकारी नपाएको जनाउँदै सात दिनको समय माग गरेको छ ।

स्थानीय व्यवसायीले समय मागेपछि प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका उपस्थितिमा सात दिनको समय दिने लिखित निर्णय भएको छ । सात दिनभित्र पनि सडक क्षेत्रफल खाली नगरे सडक डिभिजनले हटाउने जनाइएकोे छ । कोहलपुरमा व्यवसायीले समय मागेपछि पिप्रहवाबाट संरचना हटाउन सुरु भएको छ ।

स्थानीय घरधनीले भने सडक डिभिजनले आफ्नो घर सडक क्षेत्रमा पर्यो कि परेन भनेर जानकारी नदिएकाले पनि समस्या भएको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय