latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

गाउँमै प्रयोगशाला सेवा
म्याग्दीको रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला सेवा सुरुआत गरिएको छ ।

गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला र कुइनेवासीलाई लक्षित सेवा सञ्चालनमा ल्याएको हो । सो प्रयोगशालाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिसको परीक्षण गरिने चिकित्सक डा सन्तोष बोहोराले जानकारी दिनुभयो । “रगत र पिसाव परिक्षण गरेर रोग पहिचान र उपचारमा सहज भएको छ,” उहाँले भन्नुभयो “प्रयोगशाला सञ्चालन गर्न गाउँपालिकाले छुट्टै जनशक्ति व्यवस्थापन गरेको छ ।” यसअघि प्रयोगशालाको सेवाका लागि सदरमुकाम बेनी जाने गरेका थिए । सदरमुकाम जान आउन लाग्ने समय र खर्चको बचत हुने स्थानीय रमेश सिंह ठकुरीले बताउनुभयो ।

पिप्लेसंगै पाखापानीमा प्रयोगशाला सेवा यसै बर्षमा सुचारु गर्ने गरी सामान र जनशक्ति व्यवस्थापन गरिसकेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । “पिप्लेमा अस्पताल बनाउनका लागि केन्द्र र प्रदेश सरकारसंग माग गरेका छौ,” उहाँले भन्नुभयो “एक्सरे सेवा संचालन गर्नका लागि भवन निर्माण भईरहेको छ ।”

अध्यक्ष भण्डारीले आठ वडाका स्वास्थ्य चौकी वाहेक अपायक पर्ने वस्तीमा थप आठ वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाभित्र थप भएको सेवाहरुलाई जनतामैत्री बनाउन जनप्रतिनिधि, कर्मचारी, डाक्टर, नर्स, स्वास्थ्यकर्मी, लगायत सामाजिक ब्यक्तित्वले प्रचारप्रसार र एकअर्कालाई जानकारी गराएर प्रयोगशाला सेवा प्रभावकारी रुपमा संचालन गराउनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय