latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त
परराष्ट्रमन्त्री डा नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पहिलो महिला विदेशमन्त्रीका रूपमा अमेरिकी विदेश नीतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी उहाँको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो । उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

“म्याडम अल्ब्राइटले नेपाल–अमेरिका सम्बन्धलाई मजबुत बनाउन गर्नुभएको योगदान र मानवताप्रतिको करुणाका लागि नेपाली जनताले सम्झिरहनेछन् ”सामाजिक सञ्जालमा मन्त्री खड्काले समवेदना व्यक्त गर्दै लेख्नुभएको छ ।

एक शरणार्थी, आप्रवासी महिला उहाँलाई प्रतिभाशाली रणनीतिकार एवं कूटनीतिक ‘रोल मोडेल’ का रूपमा धेरै अमेरिकी महिला कूटनीतिज्ञहरूले लिने गरेका छन् । अमेरिकाको उच्च कूटनीतिज्ञ बन्नु अघि संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतको रूपमा सेवा गर्नुभएकी उहाँले आणविक हतियारको अप्रसार रोक्न तथा विश्वभर मानवअधिकार र लोकतन्त्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय