latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

स्थानीय तहको निर्वाचनका लागि कालीकोटमा थप १४ दल
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कालीकोट जिल्लामा १४ साना दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बाहेक १४ दलले यही यही चैत ४ गतेदेखि ६ गतेसम्म निर्वाचनका लागि चिन्ह लिन निर्वाचन कार्यालयमा दल दर्ता गराएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नन्दराम चौलागाईँका अनुसार दर्ता भएका दलहरुमध्ये नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, सामाजिक एकता पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, विवेकशील साझा पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी), नेपाल परिवार दल, मौलिक जरोकिलो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी रहेका छन् ।तोकिएको समयमा १४ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका र त्यसको विवरण काठमाडौँस्थित निर्वाचन आयोगको कार्यालयमा पठाइएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय