latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

आइसिटियु रत्न’ बाट न्यौपाने र बस्नेत सम्मानित हुने
श्रमिकको हक, हित र अधिकार संरक्षणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएवापत एकीकृत ट्रेड युनियन महासङ्घ, नेपालले विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने भएको छ ।

ट्रेड युनियनका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहनुभएका मुकुन्द न्यौपाने र ललित बस्नेतलाई ‘आइसिटियु रत्न’ तथा चुडामणि जङ्गली, गोमा तिमिल्सिना र सुरेन्द्र राईलाई ‘आइसिटियु तारा’बाट सम्मान गरिने महासङ्घले जनाएको छ ।

यही चैत ११ गते महासङ्घको घोषणासभाका दिन उहाँहरुलाई नेकपा ९एकिकृत समाजवादी० पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्नुहुने छ । गत मङ्सिर २९ गते विष्णु लम्सालको नेतृत्वमा ५१ सदस्यीय महासङ्घको तदर्थ समिति गठन भएको थियो ।

अध्यक्ष लम्सालले श्रम बजार सुधार गरी त्यहाँ रहेका समस्या समाधान गर्न प्रयास गर्ने बताउदै श्रम कानुन तथा सामाजिक सुरक्षा कानुन कार्यान्वयन गराउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रमिकको सीप विकास तथा उनीहरुको हकअधिकार र पेशागत सुरक्षाका लागि अभियान नै चलाइने उहाँले बताउनुभयो ।

आगामी साढे दुई वर्षभित्र महासङ्घको प्रथम अधिवेशन गराउने महासङ्घले जनाएको छ । आगामी छ महिनाभित्र राष्ट्रिय भेला गरिने लक्ष्य राखेको महासङ्घले अहिले सदस्यता वितरण अभियानलाई व्यापक रुपमा अगााडि बढाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय