latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

प्रतिकूल मौसमले उडान सामान्य प्रभावित
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ ।मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विमानस्थलको करिब तीन हजारमात्रै भिजिबिलिटी छ । यसका कारण अहिले ‘भिएफआर’ उडान हुनसकेको छैन । विमानस्थलमा ‘आइएफआर’ उडानमात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ मात्रै उडान भइरहेको छ । सामान्य अवस्थामा प्रतिघण्टा ३० उडान हुने गरेको थियो ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकाको आकाशमा क्षणिक बदली रहेको छ । अहिले देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसअघि बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो । विमानस्थलको उडान अवतरण प्रभावित भएपछि नोटाम जारी गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक ठाकुरका अनुसार राडारमा सामान्य समस्या आएकाले करिब एक घण्टा उडान प्रभावित भए पनि विमानस्थलका प्राविधिकले तत्कालै मर्मतपछि अहिले उडान सामान्य अवस्थामा रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ र अन्तर्राष्ट्रियमा अहिले दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय