latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

निकुञ्जद्वारा ३८ लाख राहत वितरण
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गराउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले राहत वितरण कार्य प्रभावकारी बनाएको छ । निकुञ्जको जङ्गलबाट निस्केको वन्यजन्तुमध्ये भालु, बँदेलले अन्नबालीमा नोक्सान पु¥याउने र चितुवा तथा बाघले चौपाया मार्ने क्रम बढेपछि क्षतिका आधारमा प्रत्येक किसानलाई निकुञ्ज कार्यालयले राहत वितरण गर्न थालेको हो ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको ४६औँ स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममार्फत बुधबार गोसाइँकुण्ड गाउँपालिका–६ निवासी श्रीलाल तामाङलाई रु ४५ हजार, बुधे तामाङलाई रु ३० हजार राहत वितरण गरिएको हो । केही समय अगाडि उनीहरूको बाख्रा चितुवाले नोक्सान पु¥याएको थियो ।

यसैगरी वन्यजन्तुले अन्नबाली क्षति पु¥याएवापत कालिका गाउँपालिका–१ निवासी मङ्गले तामाङलाई रु सात हजार ५००, सोमबहादुर तामाङलाई रु १० हजार र कर्मवाङ्चु तामाङलाई रु १० हजारका दरले कार्यक्रमका प्रमुख अतिथि एवं रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीमार्फत राहत वितरण गरिएको थियो । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पटक–पटक गरी रु ३८ लाख ५८ हजार ५८० राहत वितरण भइसकेको छ ।

पशुपालन र कृषि प्रणालीमा आश्रित परिवारलाई राज्यकोषबाट प्रदान भएको सहयोग रकम थोरै भए पनि गरिब तथा विपन्नलाई ठूलो राहत मिलेको किसानले बताएका छन् । वन्यजन्तुका कारण अन्नबाली एवं पशुको नोक्सान भएका किसानलाई मूल्याङ्कनका आधारमा मासिकरूपमै क्षतिपूर्तिवापतको रकम दिने सोच रहेको प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

लाङटाङ राष्ट्रिय निकुञ्जले स्थापना दिवसका अवसर पारी संरक्षणमा विशेष योगदान पु¥याउने नेपाली सेना विष्णुदल गणका सुवेदार रेवतकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रकाश प्रजा, सशस्त्र प्रहरीका केशव अधिकारी, रसुवा धुञ्चेका प्रमोदकुमार तितुङ र नुवाकोट जिल्ला तादीका दीपक खनाललाई जनही नगद रु चार हजारसहित कदरपत्रले सम्मान गरिएको थियो ।

यस्तै उक्त कार्यक्रमका सहभागी कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलले भने निकुञ्जको संरक्षणमा राज्यको ठूलो लगानी भइरहेको र कोभिडको असरले आम्दानी शून्यमा झरेर बुझाउन नसकेको होटल रोयल्टीवापतको बक्यौता सरल तरिकाले उठाउन सुझाव दिनुभयो ।

निकुञ्जले लिजमा दिएको धार्मिकमार्ग गोसाइँकुण्ड एवं पर्यटकीय पदमार्ग लाङटाङतर्फका होटलबाट सम्झौताबमोजिम दुई वर्षदेखि उठ्न बाँकी रोयल्टीको बक्यौतामा लाग्ने हर्जना मिनाहा गराइ निर्धारित दस्तुर असुल गराउनुपर्ने बताउँदै प्रमुख कोष नियन्त्रक पौडेलले साल बसाली कुहिएर जाने लेकाली निहुँरोलाई प्रशोधन गराइ किसानको आय वृद्विमा मद्दत पु¥याउन एवं उच्च विकट स्थानमा काम गर्ने निकुञ्ज कर्मचारीलाई अतिरिक्त सुविधा थप गराउनुपर्ने सुझाव राख्नुभयो ।

कार्यक्रममा सहभागीको तर्फबाट प्रजिअ जैसी, निकुञ्ज मध्यवर्ती क्षेत्रका अध्यक्ष तेम्पानुर्पु तामाङ, धर्मगुरु लामा रेञ्जेन घले, निकुञ्ज नौकुण्ड उपभोक्ता समितिका अध्यक्ष निमावाङ्चु तामाङ, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङसमेतका वक्ताले निकुञ्ज प्रशासनले गरेको जनसहभागितामूलक संरक्षण कार्य प्रभावकारी बन्दै गएको बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय