latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

गाउँपालिकाद्धारा दुईवटा पक्की पुल निर्माण
इलामको रोङ गाउँपालिकाले आफ्नै खर्चमा वडा नं २ मा दुई पक्की पुल निर्माण गरेको छ । उक्त वडाको को बर्फल्याङ र बदमटारमा रहेका दुईवटा खोलामा पुल निर्माण गरिएको हो ।वर्षायाममा खहरेखोलाका कारण समस्या भोग्नुपरेका स्थानीयवासीले पुल निर्माण भएपछि खुसी व्यक्त गरेका छन् । पुल बनेपछि बर्फल्याङ र बदमटारवासीलाई आवतजावत गर्न सहज भएको स्थानीयवासी वीरेन्द्र फुयाँलले बताउनुभयो ।

सोही वडाको सानो नेते र दुधेखोलामा पनि गत वर्ष पक्की पुल निर्माण गरिएको थियो । गाउँपालिकाको लगानीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी र विद्यालय जाने विद्यार्थीलाई वर्षायाममा समेत आवतजावतमा मद्दत पुगेको छ । वर्षाँैैदेखि स्थानीयवासीको समस्या समाधान गर्न आफूहरु लागिपर्दै आएकामा बल्ल सफल भइएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताउनुभयो । पहिलादेखिकै समस्या भए पनि जनप्रतिनिधि आएपछि मात्र सो काम पूरा गर्न सफल भएको उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय