latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

हिंसा न्यूनीकरण गर्न माग
कार्यस्थलमा हुने हिंसालाई पत्रकारहरूले खुलेर प्रतिवाद गर्ने जनाएका छन् । मिडिया एड्भोकेसी गु्रप र सोलिडारिटी सेन्टरद्वारा संयुक्त रुपमा बुधबार विर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरूले कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसा भोग्दै आएको र अब यसलाई प्रतिवाद गर्ने बताएका हुन् ।

नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले हिंसामा पुरुष पत्रकारको तुलनामा महिला पत्रकार बढी पर्ने गरेकोे बताउनुभयो । “हिंसा महसुस हुनसाथ डटेर प्रतिवाद गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्वयं व्यक्तिले नै आँट र आत्मविश्वास बढाउनुपर्छ, खुलेर विरोध गर्न सक्नुपर्छ अनि मात्र हिंसाबाट बच्न सकिन्छ ।”

पत्रकार सन्तोष न्यौपाने, शिशिर चम्लागार्इँ, नरेन्द्र ढकाल र पुष्प खड्काले सरकारको उपल्लो तहमा रहेका व्यक्तिहरूबाट महिला पत्रकारले मात्र नभएर पुरुष पत्रकारले समेत हिंसा भोग्नु परिरहेको बताउनुभयो । उहाँहरुले कुट्नु, पिट्नु र शारीरिक दुव्र्यवहार गर्नु मात्र हिंसा नभएर मिडिया हाउसले काम गरेको पारिश्रमिक नदिनु, महत्वपूर्ण विषयको रिर्पोटिङका क्रममा सरकारी निकायका उपल्लो तहका व्यक्तिले भनाइ दिन आलटाल गर्नु पनि कार्यस्थलको हिंसा भएको बताउनुभयो ।

पत्रकार इन्दू पूर्वेलीले हिंसाका बारेमा खुलेर बोल्न सक्दा मात्र हिंसा निरुत्साहित हुने विचार व्यक्त गर्नुभयो । लीला अनमोल, माया मितुलगायतले महिलाको पहिचान स्वीकार्न नसक्ने जान्ने, बुझ्ने व्यक्तिहरूबट नै कार्यस्थलमा बढी हिंसा हुने गरेको बताउनुभयो ।

कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि प्रशस्त छलफल, अन्तक्र्रिया र मिडिया हाउसले स्वयं आचारसंहिता बनाएर लागू गर्न आवश्यक रहेको कार्यक्रमको निष्कर्ष थियो । कार्यक्रमको सहजीकरण अम्बिका भण्डारी र सावित्रा दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय