latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सहकारीमा जोडिँदै महिला उद्यमी
खजुरा गाउँपालिकाका क्रियाशील महिला उद्यमी समूह सहकारी संस्थामा रुपान्तरण हुन थालेका छन् । उक्त गाउँपालिकामा सञ्चालित कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत विभिन्न समूहमा आवद्ध महिला अब सहकारीको बाटोमा अग्रसर हुन थालेका हुन् ।

गाउँपालिकाका तीन हजार महिलालाई सहकारीमा आवद्ध गर्दै उनीहरूको आर्थिक, सामाजिक रुपान्तरण गर्न लागिएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले महिलालाई सहकारीमा आवद्ध गराउँदा हुने फाइदाका बारेमा जानकारी दिने काम भइरहेको छ ।

व्यावसायिक विकासका लागि उत्पादित सामग्री मल, बीउ, प्राविधिक सेवा, खोप जुकाको औषधि, वित्तीय सेवा बचत ऋण र बिमा, बजारीकरणका लागि मार्केट सेन्टरको खोजीलगायत फाइदाका लागि समूहका महिलालाई सहकारी जोड्न लागिएको अध्यक्ष कक्षपतिको भनाइ थियो ।

हेफर नेपालको प्राविधिक सहयोग र इन्रुडेकसँगको साझेदारीमा गाउँपालिकाले सञ्चालन गरेको यो कार्यक्रममा पहिलो वर्ष ४० युवालाई रु ४० हजार दिएर रोजगारमूलक व्यवसायमा लगाइएको गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय