latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

वन डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकको व्यवस्था
कञ्चनपुरमा वन डढेलो नियन्त्रणका लागि यहाँका ६ वटा सब वन डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकको व्यवस्था गरिएको छ । यहाँको वन तथा राष्ट्रिय निकुञ्जमा गर्मीयाममा डढेलोले वन क्षेत्रमा क्षति पु¥याउँदै आएको छ ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकृत शिवराज अवस्थीले डढेलो नियन्त्रणको पूर्वतयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले जिल्लामा रहेका सब वन डिभिजनमा अग्नि नियन्त्रकको व्यवस्था भएको बताउनुभयो । “हरेक डिभिजनमा दुईजना नियन्त्रक राखेर वनमा डढेलो नियन्त्रणसम्बन्धी सूचना सङ्कलनदेखि नियन्त्रणका लागि समन्वय गर्न भनिएको छ,” उहाँले भन्नुभयो, “यहाँ ६ वटा डिभिजन डढेलो नियन्त्रण र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि सचेत छन् ।”

केही दिनअघि मात्र डिभिजन वनसँगै सबै सब डिभिजनले साताव्यापी वन डढेलो व्यवस्थापन सम्बन्धित जनचेतनामूक सप्ताहसमेत गरेको थियो । “अग्नि नियन्त्रक सामग्रीका लागि यस वर्ष बजेट आएन,” सूचना अधिकृत अवस्थीले भन्नुभयो, “गत वर्ष खरिद गरिएका सामग्री प्रयोगमा ल्याइनेछ ।”

कञ्चनपुरमा ७८ हजार हेक्टर वन क्षेत्रमा पर्छ । वन डढेलोका कारण जनधनको समेत क्षति हुनसक्ने भएकाले त्यसका नियन्त्रणका लागि सेना, प्रहरी, वन उपभोक्ताहरुसित पनि समन्वय हुने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि बर्सेनि डढेलो लाग्ने गरेको छ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज प्रशासनले पनि डढेलो नियन्त्रणका लागि पूर्वतयारी गरेकोे जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय