latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

शिविरमा एघार सयको स्वास्थ्य जाँच
इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् । सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिनुभएको हो ।

इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् । त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो ।

दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो ।

इलाम–७ ले गएको वर्ष कोरोना महामारीबाट वडावासीलाई जोगाउन रु १० लाख रकम खर्च गरेको थियो । यस वर्षसमेत इलाम अस्पताललाई रु १० लाख रकम कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै वडाले विनियोजन गरेको थियो । सोही रकमबाट शिविर सञ्चालन गरिएको इलाम–७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय