latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

जनप्रतिनिधिका सवारी साधन छ , दमकल छैन
यहाँका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेँसीशहर नगरपालिकासँग मात्र दमकल छ ।

अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता रहेको छ । टाढा टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि दमकलबाट पानि निकाल्न समय लाग्ने गरेको पाइन्छ ।

बँेसीशहर नगरप्रमुख गुमानसिंह अर्यालले भन्नुभयो, “ठूलो आगोलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेकोे छ । प्राय स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगेपनि भौगौलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन ।” आगलाागी भएमा आगो निभाउनका लागि दमकल आवश्यक छ भन्ने महसुस गरी सबै स्थानीय तहले दमकल खरिद गरी तयारी अवस्थामा राख्नुपर्ने मस्र्याङ्दी गाउँपालिकाका स्थानीय अजय तामाङले बताउनुभयो । अत्यावश्यक साधनप्रति चासो नभएका स्थानीय तहका प्रमुख तथा उपप्रमुखको लागि सुविधायुक्त सवारी साधन भने अधिकांशको रहेका छन् ।
राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापाले भन्नुभयो, “यहाँ आगलागी भइहाले बेँसीशहरकै दमकल मगाउने गरेका छौँ ।’’

दमकलको आवश्यकता महसुस गरे पनि खरिद भने गरिनसकेको उहाँको भनाइ छ । यस क्षेत्रमा आगलागीको जोखिम कम भएको र आगोलागी भइहाले बँेसीशहर नगरपालिकाकै दमकल प्रयोग गर्ने गरेको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताउनुभयो । बेँसीशहर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहले दमकल खरिद गर्ने कुनै तयारी नगरेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै स्थानीय तहमा दमकलको जरुरी रहेपनि विषेश गरी सहरीकण भएको नगरपालिकामा बढी दमकलको आवश्यकता रहेको छ ।’’ जिल्लामा सानो आगोलागी हुँदा दमकल विनै प्रहरीले आगो नियन्त्रण गर्ने गरेको र ठूलो आगलागी हुँदा प्रहरी बेलैमा पुगे पनि दमकल पुग्न समय लाग्ने भएकाले क्षेती बढी हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय