latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पानीको महत्व बुझाउन माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला
विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय र सोफेनले माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

‘मानव जीवनमा पानीको महत्व’ का विषयमा आयोजना गरिएको प्रतियोगितामा राजधानीको उत्तरपूर्वी भेगका एक दर्जन विद्यालयका छात्र छात्राले भाग लिएका थिए । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्रमा गरिएको प्रतियोगितामा गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयकी अञ्जिला थापा पहिलो हुनुभएको छ ।

इष्टपोल माध्यमिक विद्यालय जोरपाटीकी प्रियंशा कार्की दोस्रो र आनन्द भैरव माध्यमिक विद्यालय मूलपानीकी सदीक्षा खड्काले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । सो अवसरमा पहिलो हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगद पुरस्कारसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा विजयी हुनेलाई खानेपानीमन्त्री उमाकान्त चौधरीले पुरस्कार र प्रमाण पत्र दिँदै पानीका मुहान संरक्षण गर्न जनचेतना जगाउने अभियानमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सबै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउन मन्त्रालयले आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले घरायसी प्रयोग र औद्योगिक प्रयोगको पानी प्रशोधन नगरी विसर्जन गरिँदा पानीका मूल, नदी नाला प्रदूषित हुने गरेको बताउनुभयो । दिसाजन्य लेदो व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले ५३ वर्ष अघिदेखि सुन्दरीजलको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि लगिएको उल्लेख गर्दै सुन्दरीजलवासीले नै अझै स्वच्छ खानेपानी नपाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय