latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेपालगञ्जमा दिगो विकास लक्ष्यको स्थानीयकरण
नेपालगञ्ज उपमहानगरपालिकाले दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास थालेको छ । दिगो विकासको लक्ष्यको स्थानीयकरणका लागि उपमहानगरपालिकाले कर्मचारीको टोली बनाएर प्राप्त तथ्याङ्कका आधारमा निचोड निकालेको कार्यवाहक नगरप्रमुख उमाथापा मगरले जानकारी दिनुभयो ।

उहाँले यसबाट आगामी पाँच वर्षका लागि राम्रो आधार तय भएको जनाउँदै दिगो विकास लक्ष्यको स्थानीयकरण नगरको संस्थागत सम्पत्ति भएकाले कार्यान्वयनमा लैजान सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । नेपालगञ्जमा जिआइजेड÷सिडिएसजीको सहयोगमा दिगो विकास लक्ष्यअन्तर्गत १७ सूचकलाई स्थानीयकरणको प्रयास भइरहेको छ । अहिलेसम्म तथ्याङ्कको अभावमा अन्यौलताका बीचमा काम गर्नुपरेको अवस्थामा पनि नगरमा धेरै सुधार भएको कार्यवाहक नगरप्रमुख थापा मगरको भनाइ छ ।

उपमहानगरपालिकाले १७ सूचकमध्ये लैङ्गिक समानता हासिल गर्ने तथा सबै महिला, किशोरी तथा बालिकालाई सशक्त बनाउने, सहर एवं मानववस्तीलाई समावेशी, सुरक्षित उत्थानशील र दिगो बनाउने, समावेशी तथा न्यायोचित र गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवन प्रयत्न सिकाइका अवसर प्रवद्र्धन गर्ने, स्थिर समावेशी र दिगो आर्थिक वृद्धि पूर्णता, उत्पादनशील रोजगारी र मर्यादित कामलाई प्रवद्र्धन गर्ने सूचकलाई प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाका सबै विषयगत समितिका तर्फबाट हालको अवस्था र सन् २०२५ तथा सन २०३० सम्म प्राप्त गर्न सकिने उपलब्धिका विषयमा प्रस्तुतीकरण भएको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले जानकारी दिनुभयो । उहाँले दिगो विकास लक्ष्यको स्थानीयकरण लामो चरणपछि प्राप्त भएको भन्दै यसको कार्यान्वयनका लागि कर्मचारी तहबाट साथ सहयोग रहने बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय