latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताउनुभएको छ । देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उहाँको भनाइ छ ।

लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबलको पुलको आज यहाँ शिलान्यास गर्दै उहाँले गाउँगाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने धारणा व्यक्त गर्नुभयो ।

एमसिसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि विस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडलले बताउनुभयो । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताउनुभयो । नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो ।

ब्यास मार्गमा पर्ने सो पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “२० मिटर लम्बाइ र सात मिटर चौडाइ रहने पुल नगरपालिकाको रु दुई करोड २६ लाख लागतमा सम्पन्न हुनेछ ।”
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय