latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

संस्कृति संरक्षणको लागि सुनुवार सङ्ग्रहालय
सुनुवार समुदायको संस्कृति संरक्षणको लागि दोलखाको तामाकोशी गाउँपालिकामा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ । जिल्लाको तामाकोशी गाउँपालिका– ७ हावामा निर्माण गरिएको सङ्ग्रहालयको तामाकोशी गाउँपालिका प्रमुख ईश्वरचन्द्र पोखरेलले उद्घाटन गर्नुभयो ।

गाउँपालिकाको विभिन्न वडामा बसोबास गरेका सुनुवार समुदायको लोप हुन लागेको संस्कृतिको संरक्षण गर्न सो समुदायसँगको समन्वयमा सङ्ग्रहालयको स्थापना गरिएको पालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताउनुभयो । सङ्ग्रहालयले सुनुवारको संस्कृति संरक्षण मात्र नभइ सङ्ग्रहालयको अध्ययनका लागि विभिन्न ठाउँबाट पर्यटकसमेत आउने अपेक्षा गरिएको छ । गाउँपालिकाको २७ लाख ६५ हजार लागतमा सङ्ग्रहालय स्थापना गरिएको हो ।

सुनुवार सङ्ग्रहालयमा परापूर्वकालदेखि सुनुवारले प्रयोग गर्दै आएका विभिन्न सामग्री, वेषभूषा, बाजागाजालगायतका सामग्री संरक्षण गरेर राखिएको स्थानीयवासी नवीन सुनवारले बताउनुभयो । दोलखाको तामाकोशी गाउँपालिकाको च्यामा हावालगायतको क्षेत्रमा बाक्लो मात्रामा सुनुवार समुदायको बसोबास रहेको छ । सङ्ग्रहालय निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता भुवानी सुनुवारलाई गाउँपालिकाले सम्मान गरेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय