latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

स्वास्थ्यचौकी भवन उद्घाटन
गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गर्नुभएको छ । उहाँले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताउनुभयो ।

विसं २०५३ मा स्थापना भएको उपस्वास्थ्य चौकी २०६९ मा स्तरोन्नति गरिएको थियो । कोरोना महामारीको कारण ढिला भएकोे नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले बताउनुभयो । नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पु¥याउने व्यक्ति र सङ्घ संस्था महिला स्वयंसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरिएको थियो ।

पाँच स्थानमा एकैपटक महायज्ञ लगाइने

बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्रीमहायज्ञ हुने भएको छ । पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको टोड्केस्थित पुलाश्रम र गौश्वारा तथा पर्वतको हम्पालमा आगामी वैसाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ हुने भएको हो ।

यो महायज्ञमा सबै जाति, भाषा र धर्मलाई सहभागी गर्न खुला गरिएको कमलनयनाचार्यका प्रवक्ता सुदर्शन बडालले बताउनुभयो । हरेक दिन ५ वटै स्थानमा एकै प्रकृतिका अनुष्ठान र गतिविधि हुन्छन् । ती गतिविधिमा सहभागी हुन जो कसैले पनि पाउने उहाँले बताउनुभयो । हरेक दिन बिहान ७ बजे दिप प्रज्वलन, ८ बजेदेखि ९ बजेसम्म मण्डपपूजा, १० बजेदेखि १२ बजेसम्म महालक्ष्मी हवन, १२ बजेदेखि १ बजेसम्म विश्राम, १ बजेदेखि ३ बजेसम्म सङ्कीर्तन, ३ बजेदेखि ४ बजे हवन, ४ बजेदेखि ४.३० बजेसम्म प्रसाद वितरण हुनेछ । साथै ती स्थानमा गएर रातभर ध्यान गर्नेलाईसमेत खुला भएको उहाँले बताउनुभयो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय