
खोज पत्रकारिता तालिम
पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मेचीनगर नगरपालिकाको धुलाबारीमा खोज पत्रकारिता तालिम आजदेखि सुरु भएको छ ।
नेपाल पत्रकार महासङ्घ झापा शाखाले ‘स्थानीय सरकारका सवलाहरु” विषयमा कसरी समाचार खोज्ने र लेख्ने भन्ने विषयमा सुरु गरेको उक्त तालिमको सहजीकरण वरिष्ठ पत्रकार मोहन मैनालीले गर्नुभएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा आयोजित उक्त तालिममा मेचीनगर, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका २५ पत्रकार सहभागी छन् ।
कोभिड–१९ का कारण लामो समयपछि पत्रकारिता तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
–––