latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन
प्रदेश नं १ का प्रमुख पर्शुराम खापुङलले तेह्रथुम लालीगुराँस नगरपालिकाका प्रमुख एवं लेखक अर्जुनबाबु माबुहाङ र अमित थेबेद्वारा लिखित ‘सिरजङ्गा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ विमोचन गर्नुभएको छ ।

याक्थुङ भाषा र सिरिजङ्गा लिपिका विकासकर्ता, उत्थानकर्ता एवं प्रचारकका रूपमा रहेका सिरिजङगा सि थेबेको योगदानमा केन्द्रित भएर लेखिएको पुस्तक धरानमा बिहीबार आयोजित कार्यक्रममा उहाँले विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रदेश प्रमुख खापुङले इतिहास निर्माण गर्नु गाह्रो कुरा भएको उल्लेख गर्दै यो पुस्तक सिरिजङ्गाको बारेमा खोज–अनुसन्धानका लागि एउटा कोशेढुङ्गा भएको जनाउनुभयो । लिम्बू जातिको गहन विषयमा पुस्तक लेखिएको भन्दै प्रमुख खापुङले इतिहाससँग जोडिएको विषयमा पुस्तक तयार भएकामा लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे मिहाङलाई धन्यवाद दिनुभएको थियो । उहाँले उक्त पुस्तक ऐतिहासिक दस्तावेज हुनेसमेत बताउनुभयो ।

तङ्सिङ मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा लेखक माबुहाङले सिरिजङ्गाका बारेमा खोज्न ताप्लेजुङको सिनाम, तेल्लोकबाट सिक्किमसम्म पुगेको जानकारी दिनुभएको थियो । उहाँले गाउँघरमा सिरिजङ्गा लिपि अभ्यास गरेका केही लेखोट भेटिएको र केही वंशावलीमा सिरिजङ्गाको नाम पनि भेटिएको बताउनुभयो । उक्त लेखन सिरिजङ्गाका बारेमा सुनिएका लोकोक्तिलाई टिपोट गर्ने र सिरिजङ्गाका बारेमा क–कसले के–के लेखेका छन् तथा सिरिजङ्गाका सङ्कलित लेखोटमा के–के लेखिएका छन्््््् त्यसको अध्ययन गरेर पुस्तक लेखिएको उहाँले जानकारी दिनुभयो ।

पुस्तकबारे डा रामनारायण कन्दङ्वा र युमा साम्यो महासभाका महासचिव डा रमेश इजमले टिप्पणी गर्नुभएको थियो । उहाँहरुले पुस्तक ऐतिहासिक दस्तावेज हुने बताउनुभएको थियो । कार्यक्रममा पूर्वप्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले पनि पुस्तकमाथि चर्चा गर्नुभएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय