latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

चिया बगान मासेर खनिएको सडक बन्द गरियो
इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ । नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन् ।

सडक खनेपछि आन्दोलित युवाहरुले केही दिनअघि सडक पुर्नुपर्ने मागसहित सूर्योदय नगरपालिकाको ध्यानाकर्षण गराएका थिए । व्यक्तिगत प्रयोजनका लागि सरकारी जग्गामा रहेको ऐतिहासिक चिया बगान मासिएको भन्दै युवाले सडक पुर्न मागसहित नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

सूर्योदय नगरपालिका–७ को कन्याममा केही दिनअघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केही जमिन समेत अतिक्रमण भएको थियो । अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले गत माघ ११ गते नगर प्रमुख रणबहादुर राईको ध्यानाकर्षण गराएको स्थानीयवासी युवराज बस्नेतले बताउनुभयो ।

कन्याम चिया बगानका व्यवस्थापक सचिन सुब्बाको नेतृत्वमा सूर्योदयका करिब ५० युवाले जेसिबी प्रयोग गरे सडक बन्द गराएका हुन् । कन्याम चिया बगानका व्यवस्थापक सुब्बाले आफूहरुलाई कुनै जानकारी नदिइ सडक निर्माण गरिएकाले सडक बन्द गरिएको बताउनुभयो । सडक खन्न थालेपछि एक पटक आफूहरुले बार लगाएर रोक्दा पनि राति जेसिभी प्रयोग गरेर सडक निर्माण गरेको उहाँको भनाइ छ । सडकको १५ मिटर कटाउदासमेत करिब १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवा शरण फागोको भनाइ छ । उहाँहरुले सूर्योदय नगरपालिका–६ का वडाध्यक्ष शिवकुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाउँदै आउनुभएको छ ।

यता वडा नं ६ का वडाध्यक्ष शिवकुमार बस्नेत व्यक्तिको जमिनमा जाने बाटो स्वयम् जग्गा धनीले खनेकाले आफनो कुनै संलग्नता नरहेको बताउँदै आउनुभएको छ । सानो सडक रहेकाले तत्लो गुप्ती गाउँ जाने सडकसमेत आवश्यक भएकाले बढाइएको बताइएको छ । स्थानीयवासीले सबै बगानको जमिन मिचिएका संरचना हटाउनुपर्ने माग गर्न थालेका छन् ।

विसं २०५७ मा अर्थ मन्त्रालयको निजीकरण शाखाले ५० वर्षका लागि कन्यामसहित इलाम र झापाका ७ वटा चिया बगान भारतको सङ्घाई समूहलाई भाडामा दिएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय