latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

दाङका एकजना कोरोना सङक्रमितको उपचारका क्रममा मृत्यु
पश्चिम दाङका एकजना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । म्ृात्यु हुनेमा शान्तिनगर गाउँपालिका–२ निवासी ८० वर्षीय एक पुरुष रहेका छन् । गत माघ १६ गते पिसिआर परीक्षण गर्दा उहाँलाई सङ्क्रमण भएको पुष्टि भएपछि बाँकेमा उपचारको लागि लगिएको थियो ।

उहाँको गएराति १२ बजे उपचारका क्रममा मृत्यु भएको बाँकेका कोभिड फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । यसैबीच बितेको २४ घण्टामा जिल्लामा ६४ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । २५० जनाको एन्टिजेन परीक्षण गर्दा ५९ र १० जनाको पीसिआर परीक्षण गर्दा पाँच गरी ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

हाल जिल्लामा सक्रिय सङक्रमितको सङ्ख्या ३५४ रहेको र तीमध्ये ३४६ जना होम आइसोलेसनमा र आठ जनाको तुलसीपुर र घोराहीका कोभिड अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको आपतकालीन केन्द्रले जनाएको छ ।

यसैबीच आज राप्ती प्रादेशिक अस्पतालमा यसअघि विभिन्न कारणले छुटेका १८ वर्ष माथिकालाई कोरोना विरुद्धको पहिलो खोप मात्रा लगाउन सुरु गरिएको सो अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिनुभएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय