latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

जिन्दगी कसैको दबाबमा होइन बरु अभावमा बितोस अनि मात्र जिन्दगी जिउने कला सिकिन्छ

जिन्दगी कसैको दबाबमा होइन बरु अभावमा बितोस अनि मात्र जिन्दगी जिउने कला सिकिन्छ – मनछुने भनाईहरू

१) जिन्दगी भनेको आफैले कोरेर बनाउने तस्बिर रहेछ । मिहेनत गरे चित्र, अल्छी गरे बिचित्र ।

२) तिमीलाइ जति ठक्कर लाग्छ उति हिड्ने गर..ठक्कर खादै उचाइमा पुगेको मान्छेलाई कहिले कसैले तल झार्न सक्दैन ।

३) तागत आफ्नो शब्दमा लगाउनुहोस, आवाज होइन किनकी मानिसहरु बर्सात मन पराउछ्न, बाढीलाई होइन ।

४) जीत र हार आ-आफ्नो सोचमा निर्भर गर्दछ मान्यौ भने हार हुन्छ र ठान्यौ भने जीत हुन्छ ।

५) माथि जसको कहिल्यै अन्त्य हुदैन त्यसलाई परमात्मा भनिन्छ र तल जसको अन्त्य हुदैन उसलाई आमा भनिन्छ ।

६) हरेक सम्बन्ध को लागि प्रेम होस यो जरुरी छैन , कहिले काहीँ बेनाम सम्बन्धको लागि पनि दिल बेचैन रहन्छ ।

७) जिन्दगिको यात्रामा जसले आफुलाई जोखिमको बाटोबाट अघि लैजान सक्छ उसैले नै नयाँ हासिल गर्न सक्दछ ।

८) घृर्णा गर्छु म तिनिहरुलाई जो सानो सानो कुरामा पनि आफ्नो आमाको कसम खाएर आमा शब्दको अपमान गर्ने गर्छन् ।

९) थाहा छैन कस्तो जादु छ मेरी आमाको खुट्टा मा जति झुक्छु त्यति नै माथी पुगिरहेको छु ।

१०) कसैको रोजाइमा पर्ने पहिलो ब्यक्ति हुनु छैन मलाइ, जसले रोज्छ म त्यो ब्यक्ति को नै अन्तिम रोजाइ हुन चाहन्छु ।

११) यदि कसैले तपाईलाई गलत भन्छ भने उसलाई धन्यवाद दिनु होस् किनकी उसले तपाईलाई गलत होइन बलियो बनाएको हो ।

१२) एक म छु जस्ले आज सम्म आफुले आफुलाई बुझ्न् सकेको छैन, अर्को तर्फ यो दुनिया छ जस्ले मलाई अनेक थरिबाट व्याख्या गर्छ ।

१३) आज र अहिले बाटै जति सक्नु हुन्छ आफ्नो आमालाई धेरै भन्दा धेरै समय दिनुहोस् किनकि दुनियामा यस्ता मान्छेहरु पनि छन् जो संग आमा छ उ सग समय छैन र जो सग समय छ उ सग आमा छैन ।

१४) माटोको भित्ता नै मजबुत हुने गर्थ्यो सर ! जबदेखी सिमेन्ट को घर बन्न थाल्यो भत्किन थालेको छ ।

१५) सानो या ठुलो भनेर कसैलाई नहेपौ किनकी जिन्दगी भनेको चेस गेम जस्तै हो खेलन्जेल ठुलो र सानो हुने हो खेल सकिए पछी जाने सबै एउटै डिब्बामा हो ।

१६) संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।

१७) जिन्दगी कसैको दबाबमा होइन बरु अभावमा बितोस् अनि मात्र जिन्दगी जिउने कला सिकिन्छ ।

१८) त्याग एकदमै महत्त्वपूर्ण कुरा हो जिवनमा सफलता पाउनका निम्ती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय