latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

माइतीमा बसिरहेकी महिलाको डरलाग्दो कदम, दुई छोरासहित यस्तो अवस्थामा भेटिइन्

काठमाडौं । एक आमाले आफ्ना दुई सन्तानहरुको जीवनलीला समाप्त पारेर आफु पनि यो संसारबाट विदा भएकी छिन् । खबर सुन्दैपनि दुःख लाग्ने यो घटना भारत, हरियाणा राज्यको फतेहाबादको हो ।
फतेहाबादमा गैर पुरुषसँगको सम्बन्धको शंकामा श्रीमान् र श्रीमतीबीच सुरु भएको विवादले हाँस्दै खेल्दै गरेको परिवार बर्बाद भएको हो । घटना हरियाणाको फतेहाबादको खैरतिखेडा गाउँको हो ।

त्यहाँ एक कन्स्टेबलकी श्रीमतीले आफ्ना दुई बच्चाहरूको जीवनलीला समाप्त पारेर आफुपनि विदा भएकी हुन् ।

घटनाको मुख्य कारण ति प्रहरी अधिकारीले ती बच्चाहरू आफ्ना नभएको बताउँदै आएको रहेको छ । अरु कुनै पुरुषको बच्चा जन्माएको आरोप उनका श्रीमतीमाथि लगाउँदै आएका थिए ।

त्यसकारण पति र पत्नी दुवैले विवाद गर्न थालेका हुन् । श्रीमानका कारण आधा होस गुमाएकी पत्नीले आफ्ना दुई छोराको जीवनलीला समाप्त पारेर आफुले पनि संसारबाट विदा भइन् ।

यस घटनाको जानकारी पाएपछि स्थानीय प्रहरी घर आइपुगेर उनीहरूको लाश निरीक्षण गरिरहको छ ।

प्रारम्भिक जानकारीमा मृतकका पति नरेश हरियाणा प्रहरीमा कन्स्टेबल पदमा कार्यरत रहेको कुरा खुलेको छ । उनको विवाह सोही जिल्लाको सुखमानपुर गाउँ निवासी सञ्जूसँग भएको थियो ।

माइती पक्षले आरोप लगाएको छ कि विवाह पछि नरेशले सन्जूमाथि शंका गर्न थालेका थिए । नरेशसँगको विवादपछि सन्जू विगत दुई महिनादेखि माइतीमा बसिरहेकी थिइन् ।

जानकारी अनुसार माइतीमा भएका व्यक्तिहरु कुनै कामले बाहिर गएका बेला उनले यस्तो डरलाग्दो कदम उठाएकी हुन् । त्यस समयमा सञ्जुले ३ वर्षीय छोरा शिवाश र ३ महिनाको छोराको जीवनलीला समाप्त पारेकी हुन् ।

आफ्ना छोराहरूको जीवनलीला समाप्त पारेसँगै सन्जुले पनि यो संसार छोडिन् । जब माइती परिवार घर फर्के, तीनै जनाको लाश देखेर उनीहरू एकदम डराएका थिए । घरमा दुःखलाग्दो वातावरण बन्यो । छिमेकीहरूको भीड जम्मा हुन थाल्यो ।

सूचना प्राप्त भएको केही समयपछि नै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको निरीक्षण गरी तीन लाशलाई परीक्षणका लागि पठाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय