किराँत सभ्यतासँग जोडीएको ‘खुवालुङ’सम्बन्धी म्यूजिक भिडियो छायाङकन् सुरु
जेठोखबर

उदयपुर । किराँत समुदायको इतिहासकालिन क्षेत्र ‘खुवालुङ’सम्बन्धी गीतको म्यूजिक भिडियो छायाङ्कन सुरु भएको छ । उदयपुर सुनसरी र भोजपुर संगमस्थलमा केन्द्रित खुवालुङको सेरोफेरोमा रहेर तयार पारिएको गीत किराँत राई सांस्कृतिक कलाकार संघको केन्द्रिय टोलीले भिडियो निर्माणका लागि छायाङ्कन थालिएको हो ।

 

संघका केन्द्रिय अध्यक्ष रामकर राईका अनुसार खुवालुङको नाममा पहिलो पटक निर्माण गर्न लागिएको भिडीयोमा एकै पटक ढेडसय जना कलाकारहरुको सामूहिक सहभागिता रहेको छ ।

 

निर्धारित कलाकार टोली खुवालुङ क्षेत्र पुगेसँगै सोमबारदेखि औपचारिक रुपमा दृष्यांकनको काम शुरु भएको हो ।

 

गीतको पूरै भिडियो खिच्न अब केही दिन लाग्ने अध्यक्ष राईको भनाई छ । बरिष्ठ संगीतकार तथा गायक जीतेन राई, राई नवीन, पार्वती राई, मेनुका राईलगायतले स्वरबद्ध गीत केही समयअघि राजधानीमा रेकर्ड भएको थियो ।

 

अडियो रेकर्डपछि सबै काम पूरा भएको गीत सुरज मेवाहाङ राईले लेखेका छन् । त्यस्तै जीतेन राईले संगीत भरेका हुन् ।

 

कलाकार संघका उपाध्यक्ष शालिक शातासक राईद्धारा निर्देशित म्यूजिक भिडियो दृष्य खिच्दै गर्दा पहिलो दिन किराँत राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली, केन्द्रीय सदस्य गणेश खालिङ, सुनसरी अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिती थियो ।

 

म्यूजिक भिडियोमा किराँत राई समुदायबाट कलाकारिता क्षेत्रमा अब्बल सावित भइसकेका कलाकारहरुको समेत अभिनय रहने निर्माण पक्षको भनाई छ ।जेठोखबर  बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय