latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

बढ्दैछ यौन खेलौनाको माग,महिला ग्राहकहरु अत्याधिक रहेको ब्यावसायीहरुको भनाइ(भिडियो हेर्नुस)
बढ्दैछ यौन खेलौनाको माग,महिला ग्राहकहरु अत्याधिक रहेको ब्यावसायीहरुको भनाइ(भिडियो हेर्नुस)

नेपालाका ठुला शहरहरुमा अहिले यौनजन्य खेलौनाका पसलहरु हामिले थुप्रै देख्ने गरेका छौ । त्यस्तै ईन्टरनेटमा पनि यस्ता वस्तुहरुको बिज्ञान देखिने गरेका छन । विषेश गरि नेपालका प्रमुख शहरहरु काठमाडौ, पोखरा, बिराट नगर, धरान जस्ता शहरहरुमा यस्ता पसलहरु संचालनमा रहेका छन । यी पसलहरुमा यौनजन्य खेलौनाका साथै अन्य यौन उत्तेजना बढाउने औसधिहरु पनि पाइने गरेको छ । केही वर्ष अघि सम्म यौन का बारेमा कुरा गर्न पनि नसक्ने हाम्रो समजमा अहिले यौनजन्य सामाग्रीको ब्यावसाय नै सुरु भएको छ ।

यस्ता ब्यावसाय सिमीत मात्रमा भएता पनि बजार भने राम्रो नै रहेको ब्यावसायिहरु बताउँछन । प्रत्यक्ष रुपमा किन्न आउने भन्दा पनि अनलाइन अर्डर गर्ने ग्राहकहरु धेरै भएको ब्याबसायिहरु बताउँछन । प्रत्यक्षद आउने ग्राहक हुन या अनलाइन अर्डर गर्ने ग्राहक हुन सबैको परिचय गोप्य राखिने गरेको ब्याबसायीहरुको भनाई छ । नेपालमा जब संचार क्षेत्रको बिकास भयो र सबैको हात हातमा मोबाईल र ईन्टरनेटको सुबिधा भयो त्यस पछि भने यस्ता ब्यावसायहरु निकै मौलाएको जानकारहरु बताउँछन ।

नेपालमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या धेरै हुनुले पनि यश ब्यावसायका ग्राहक बढ्नु भएको एक यौन सामाग्रीका ब्यावसायिले बताए । आफ्नो पसलमा महिला पुरुष दुबै खाले ग्राहकहरु आउने गरेको भएता पनि ७० प्रतिशत जति ग्राहक महिला भएको ती ब्यावसायीको भनाई छ । महिला ग्राहकहरुमा श्रीमान बिदेश भएका महिलाहरु र सुरक्षा निकायमा जागिर गर्ने आर्मी तथा प्रहरिका महिलाहरु धेरै भएको ब्यावसायीहरुको भनाई रहेको छ ।

पुरुष ग्राहकहरु भने परिवार नियोजनको अस्थाई साधन कन्डम तथा अन्य यौन उत्तेजना बढाउने औसधि लिन आउने गरेको ब्यावसायीहरु बताउँछन । महिलाहरुले भने विषेश गरि पुरुको लिंग आकारको यौन सामाग्री खरिद गर्ने गरेको ब्यावसायीहरु बताउँछन । सेक्स टोय भनिने यस्ता सामाग्रीहरु विभिन्न प्रकारको हुने एक ब्यावसायीले बताए । रिमोटबाट चलाउन सकिने भाइब्रेसन हुने सेक्स टोयको बिशेश माग रहेको उनले बताएका छन । सेक्स टोयको आकार अनुसार पनि माग धेरै थोरै हुने गरेको उनको भनाई छ ।

२५ सय रुपैयाँ देखि ३५ सय रुपैयाँ सम्म पर्ने हुनाले पनि यो नेपाली ग्राहकहरुका लागि सुहाउँदो मूल्य रहेको ब्यावसायीको भनाई छ । नेपाली पुरुषहरुकै साइजको भाइब्रेसन भएको सेक्स टोय अहिले धेरै माग हुने गरेको ब्यावसायीहरुले बताएका छन । श्रीमान बिदेशमा हुने तथा श्रीमान नेपाल मै भएता पनि कामको शिलशिलामा लामो समय घर बाहिर रहनेहरु नै आफुहरुका प्रमुख ग्राहक भएको ब्यावसायिहरु बताउँछन । केही मात्रमा अबिबाहित किसोर किशोरिहरु पनि रहेको उनिहरु बताउँछन ।

कतिपय अबिबाहित केटाहरुले आफ्नो प्रेमिकालाई उपहार पनि दिने गरेको ब्यावसायीहरु बताउँछन । कतिपय भने बिदेशमा रहेका श्रीमानहरुले नै उतैबाट पैसा पठाएर अनलाइन मार्फत नेपालमा भएका आफ्ना श्रीमतिहरुलाई दिन पनि लगाउने गरेको एक ब्यावसायीले बताएका छन । यौन प्राकृतिक रुपमा सबैलाई चाहिने भएकोले आफ्नो पार्टनर साथमा नहुदा त्यसको परिपुर्ति गर्न यस्ता सामाग्रीको उपयोग गर्नु सकारात्मक भएको कतिपयको भनाई छ । (भिडियो हेर्नुस)onlinekhabar

https://youtu.be/fgviJ_Qip_I

-onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय