जसले स्कूटर किन्न जम्मा गरेको सबै पैसा सहयोग गरेरै सकाइन् ( भिडियो हेर्नुहोस् )

पोखरेली २४ वर्षीय युवती गिभिना मगर घरबाट कतै जाँदै थिइन् । उनले बाटोमा भेटिन्, ‘बालाई’ । ती बा वैशाखीको साहरामा थिए, हात पनि सामान्य अवस्थामा थिएनन् । प्यारालाइसिस भएर एउटा हात र एउटा खुट्टा चल्दैन थियो ।

पोखराको हेम्जाकै ति ‘बालाई’ देखेपछि गिभिनाको मन पग्लियो, उनले गोजीबाट हजार रुपैयाँको नोट झिकिन्, ती बालाई दिइन् । गिभिनाले दिएको यो हजार रुपैयाँको नोटलाई ती बाले जसरी ग्रहण गरेका छन्, त्यो हेर्दा सायदै कसैको मन नपग्लिएला ।सहयोग गर्नुका साथसाथै गिभिनाले त्यो दिन त्यो क्षणलाई आफ्नो मोबाइलमा क्याप्चर पनि गरिन्, भिडियो बनाइन् ।

त्यसलाई अपलोड गरिन्, टिकटकमा ।आज गिभिनाको त्यो भिडियो १५ लाखभन्दा बढीले हेरिसकेका छन्, चार लाखले टिकटकमा ‘लभ’ रियाक्ट गरेका छन्, ४ हजारभन्दा बढीले कमेन्ट गरेका छन् ।

ती कमेन्टमध्ये एक प्रयोगकर्ताले भनेकी छिन्, ‘ट्रेन्ड भन्दै नानाथरी गर्दै भाइरल हुनुभन्दा एउटा असाह्यलाई सहयोग गरेको निकै राम्रो लाग्यो ।’निकै धेरैले मन पराएको यो भिडियो यति धेरै चर्चामा आउला भन्ने गिभिनाले सोचेकै थिइनन् । तर, यसको चर्चा कतिसम्म चुलियो भने उनकै साथीभाइले उनकै ‘बालाई’ पनि यो भिडियो देखाए ।

‘स्याबास छोरी, तिमीले गरेको यो निकै राम्रो काम हो,’ गिभिनाले प्रतिक्रिया पाइन्, ‘यस्तो सहयोग गर्दै रहनु ।’
सहयोग त यसअघि पनि गिभिनाले गर्ने गरेकी थिइन् । तर, उनले टिकटकमा भिडियो हाल्नु पर्ला भन्ने त्यसअघि सोचेकै थिइनन् । २४ वर्षे गिभिनाले बरु यसअघि टिकटकमा उनकै उमेरका अरुहरुको जस्तै गीतमा ‘डान्स’ गरेका भिडियो राख्दै आएकी थिइन् । तर, अहिले गिभिनालाई नेपाली टिकटक प्रयोगकर्ताले ‘डान्सर’ भनेर चिन्दैनन्, सहयोगी मनको उपमा दिन्छन् ।

गिभिनाले सहयोगीको उपमा पाउनु स्वभाविक पनि हो । उनले त सहयोग गर्नकै लागि लामो समयदेखि बनाएको आफ्नो ‘ड्रिम स्कुटी’को सपनालाई तिलाञ्जली दिएकी छिन् ।सौभाग्य भनौँ कि दुर्भाग्य; अहिले गिभिनासँग स्कुटर छैन जसमा सवार भएर उनी आफूले पढाउने स्कुल र पोखराका विभिन्न ठाउँमा घुम्न सकुन्; उनीसँग त बरु छन् दर्जनौँ मनहरु जसले उनको कार्यलाई मन पराएर स्याबासी दिइरहेका छन्, त्यसलाई आफूले पनि फलो गर्ने वाचा गरिरहेका छन् ।

सानैदेखि आवश्यक परेकालाई सहयोग गर्न हुरुक्कै हुने गिभिना अहिले टिकटकमा अधिकांश यस्तै आफूले सहयोग गरेका भिडियोहरु मात्र अपलोड गर्छिन् । अरु कोही रोइरहेको देख्दा गिभिनाका आँखामा पनि आँसु आउँछ, अब त उनले अरु धेरैको मुहारमा खुसी ल्याएकी छिन्, उनको मनमा खुसीको बहार छाएको छ ।‘यस्तो किन पनि भने मैले जति सकेको छु, त्यति नै सहयोग गरिरहेकी छु,’ गिभिनाले भनिन्, ‘मैले अरु कोहीसँग सहयोग गर्छु, मलाई सहयोग गर्नुस् भनेर याचना गरेकी छैन ।

https://youtu.be/67FOASFiZ0o

प्रतिक्रिया

सम्बन्धित खवर