latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मृ’गौलामा पत्थरी हुँदा खाँदै नखानुहो’स् यी खानेकुरा, खाएमा हुनसक्छ मृ’र्गौला ड्या’मेज

मृगौलाको पत्थरी हिजो आज नेपालमा हर कोहिमा हुने गरेको पाइन्छ। मृगौलाको पत्थरी हुँदा ढाड दुख्ने, बमिट आउन खोज्ने, बारम्बार पिसाब लाग्ने, पिसाब गर्दा पोल्ने वा दुख्ने, पानी कम पिएको बेला अत्याधिक पेट दुखेको महशुस हुने ।

तर कहाँ दुख्दै छ, भन्ने ठम्याउन नसकिने गरि दुख्ने, कम्मर वा कम्मरको तल्लो भाग दुख्ने आदि जस्ता समस्या देखिने गर्दछन। यदि तपाईंलाई पथरिया को समस्या छ भन्ने संका लाग्छ भने तुरन्त नजिकैको मेडिकल मा गएर किड्नी अल्ट्रा साउण्ड (usg) मार्फत चेक गर्न सक्नुहुनेछ।

जाड, रक्सि, चुरोट, बियर, मधु, गुट्खा, सुपारी, खैनि जस्ता पदार्थ पटक्कै खानु हुँदैन। ढिलो पाचन हुने किसिमका खाना पटक्कै खानु हुँदैन। किसमिस, काजु, स्ट्रबेरी, आरु, पटक्कै खानु हुँदैन। पालुंगो साग, टमाटर, चम्सुर को साग वा चम्सुर, बैगुन, पटक्कै खानु हुँदैन।

कोका कोला, स्प्राइट जस्ता कोल्ड ड्रिंक वा सोडा पटक्कै पिउनु हुँदैन। धेरै चर्को नुन, बट्टा मा हालेको अचार, पापड, कफी, दुध लगाइएको चिया पटक्कै खानु हुँदैन।

मासुमा धेरै प्रोटिन पाइने हुदा मासु पनि नखानु उचित मानिन्छ। पेट दुख्यो भनेर जथाभावी आफूखुसी डाक्टरको सल्लाह बिना पेनकिलर औषधि खानु हुदैन यसले मृगौला लाई ड्यामेज बनाउन पनि सक्छ।

मृगौलाको पत्थरी

मृगौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका अलावा अन्य मिनरल्सका अवशेष राम्रा कणहरुको रुपमा निस्किएर यूरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिशाबसँगै शरीरबाट बाहिर निस्किन्छ ।

तर कहिलेकाहीँ रगतमा यी तत्वहरुको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिशाब पुग्ने बाटोमा रोकावट उत्पन्न हुन्छ ।

मृगौला खराब भएको लक्षण

किड्नीमा कुनै समस्या उत्पन्न भयो भने त्यसको लक्षण प्रष्टरुपले व्यक्तिको शरीरमा देखिन्छ । व्यक्तिले कहिले अन्जानमा त कहिले लापरवाहीवस यसलाई नजरअन्दाज गर्‍यो भने समस्याले ठूलो रुप लिन्छ।

पेटमा तीव्र दुखाई, बारम्बार ट्वाइलेट जानु, पिशाब गर्ने बेला दुखाई, पिशाबबाट रगत आउनु, कम्पनका साथ ज्वरो, भोक नलाग्नु, छटपटी हुनु आदि किड्नी खराब भएका मुख्य लक्षण हुन्।

मृगौला पत्थरीको उपचार

कहिलेकाहीँ किड्नीमा पत्थरीको समस्या सामान्य अवस्थामा औषधिले पनि ठिक हुन्छ । तर कहिलेकाहीँ किड्नीमा क्याल्सियमको मात्रा अत्यधिक हुन्छ, जसले गर्दा स्टोन कडा हुन्छ र त्यसलाई निकाल्न सर्जरीको आवश्यकता पर्छ ।

यद्यपि आजकाल सर्जरीको अलावा ल्याप्रोस्कोपी, यूरेट्रोस्कोपीजस्ता कयौं प्रकारका नयाँ प्रविधि विकसित भएका छन्, जसको मद्दतले सजिलै स्टोनलाई निकाल्न सकिन्छ र विरामीलाई खासै अप्ठेरो हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय