latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

उदयपुरमा खेत जोतेर फर्कदै गर्दा बाबुले चलाएको ट्याक्टर पल्टीदा छोराको मृत्यु
जेठोखबर

उदयपुर । उदयपुरमा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर १ रुपनीमा ट्याक्टर पल्टिदा स्थानीय सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेसको मृत्यु भएको हो ।

 

राती ८ः०० बजे स १ त ४२९३ नम्वबरको ट्याक्टर घर नजिकै पल्टिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।

 

डीएसपी गौतमका अनुसार दुर्घटनामा परी घाइते बालकलाई बोक्सेस्थित जिल्ला अस्पताल उदयपुरमा उपचार हुँदै गर्दा डाक्टरले मृत घोषणा गरेको थियो ।

 

दुर्घटनामा मृतक नितेसका दाई १२ वर्षीय निमेश समेत घाइते भएका छन् ।

 

उनको पनि जिल्ला अस्पलतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार दुर्घटनामा परेको ट्याक्टर मृतक नितेशका बाबु सत्यनारायणले नै चलाईरहेका थिए ।

 

घर नजिकैको बाँझो खेत जोतेर फर्कने क्रममा ट्याक्टर अनियन्त्रीत भई पल्टीएको पनि उदयपुर प्रहरी प्रवक्ता गौतमको भनाई छ ।

 

श, व पोस्टमार्टमपछि परिवारजनलाई जिम्मा लगाइएको छ ।जेठोखबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय