latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एउटा बाइकमा सवार थिए पाँच व्यक्ति, पुलिसले कारवाहीको साटो यसो पो गरे

नियम अनुसार बाइकमा दुई व्यक्तिमात्र सवारी गर्न सक्छन् । तेस्रो व्यक्ति बसेको अवस्थामा पुलिसले थुप्रैलाई कारवाही गरेको हामीले देखेका र भोगेका पनि छौं । तर एउटा बाइकमा पाँच व्यक्ति सवार भएको र ट्राफिक प्रहरीले देखेको अवस्थामा के होला ?

आन्ध्र प्रदेश पुलिसका अधिकारीले जे गरे त्यसले तपार्ईंको अनुहारमा मुस्कान ल्याइदिन्छ । बेंगलुरुका डिसिपी ट्राफिक अभिषेक गोयलले एक पुलिसको तस्बिर सेयर गरेका छन् जसले बाइकमा पाँच व्यक्ति बसाएका यात्रा गरिरहेका एक पुरुषलाई नमस्कार गरिरहेका थिए । उनका अनुसार ती पुलिसले बाइक चलाइरहेका व्यक्तिलाई नमस्कार गरेर अबदेखि ट्राफिक नियमको पालना गर्न अपिल गरे ।

अभिषेकले लेखे, ‘यी अधिकारी अरु के गर्न सक्थे । हामीसँग सधैं एक सुरक्षित तरिका हुन्छ । तपाईं पनि सुरक्षित तरिका अपनाउनुस् र सुरक्षित रहनुस् ।’अभिषेकको यो ट्वीट हेर्दा हेर्दै भाइरल भयो । उनको यो ट्वीट अहिलेसम्म १७ हजारभन्दा धेरै मानिसले रिट्वीट गरेका छन् भने करिब ३१ सयले लाइक गरेका छन् ।

https://twitter.com/goyal_abhei?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E917563520639655936%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fgorkhalikhabar.com%2Farchives%2F61242

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय