latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

दुई मृत फेला
पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका–४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । मृतक प्रहरी जवानको शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले जानकारी दिनुभयो ।

यसैगरी वीरगञ्ज, महानगरपालिका–६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०/४५ जना स्टाफहरू पिकनिक मनाउन ना५ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटौँडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । मृतकको शवपरीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय