latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ हजार सङ्क्रमित
नयाँ दिल्ली
१६ माघ (रासस÷एएनआई) ः भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३४ हजार २८१ जना सङ्क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ ।

सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको सो मन्त्रालयले आइतबार जनाएको छ । अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन दिन प्रतिदिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ ।

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय