latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग
लमजुङ, १६ माघ (रासस) :
भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।

समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उहाँकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गर्नुभयो ।उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब रु ६० लाख लाग्ने अनुमान रहेको बताउनुभयो । पुस्ताकालय, शालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । मस्र्याङ्दी –७ तराँचे ताङ्लीचोकमा विसं १९९५ पुस २१ गते डा गुरुङ जन्म भएको थियो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाको निधन भएको थियो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय