माइतीले दिएको ११ लाख रुपैयाँ बोकेर श्रीमती फ’रार श्रीमान मिडियामा(भिडियो हेर्नुस)
चितवनका रामबहादुर घिसिङ आफ्नी श्रीमती हराएको भन्दै मिडियामा आएका छन । छोराछोरी समेत ठुल ठुला भै सकेको अवस्थामा अहिले उनी सबै पैसा लिएर हिडेको रामबहादुरले बताएका छन । आफ्नो दुई छोराछोरी रहेको उनले बताए । छोरी १५ वर्षी कि र छोरा भने ८ वर्षको भएको उनको भनाई छ । छोरी हुर्की सकेको भएता पनि छोरा सानै भएकोले छोराको स्याहारसुसार गर्ने नहुदाँ बिचल्नी हुने भएको उनको गुनासो छ । आफू मजदुरी गर्दै आएको रामबहादुरले बताए ।
केही समय अगाडीसम्म श्रीमती सम्पर्कमा नै रहेता पनि अहिले भने फोन सम्पर्क पनि नभएको उनको भनाई छ । माइतमा आमा बिरामी हुनुहुन्छ भनी घरबाट हिडेकी श्रीमती कल्पना माइत पनि नगएको र घर पनि फर्किएर नआएको रामबहादुरले बताएका छन । घरबाट हिडेको केही दिन पछि आफुसगं फोन सम्पर्क भने भएको रामबहादुरले बताएका छन । त्यो बेला आफू ईन्डियामा भएको भनी श्रीमतिले बताएको रामबहादुरको भनाई रहेको छ ।
आफू ईन्डिया भएको भन्दै केही दिनमा घर आउने बताए पनि अहिले भने सम्पर्कमा नै आउन छोडेको गुनासो रामबहादुरको छ । रामबहादुर सगैँ मिडियामा आएका उनका ससुराले भने ज्वाइँ एकदमै सोझो भएको र जाडरक्सी केही नखाने भएको बताए । ज्वाईले छोरिलाई कुनै कुटपिट या झगडा गरेको कहिल्यै थाहा नपाएको पनि बताएका छन । ज्वाईको केही पनि जग्गा जमिन, घर नभएकोले आफुले छोराछोरी उस्तै हुन भनी ११ लाख नदर दिएको बताए ।
उक्त ११ लाख रुपैयाँ आफुले नगद छोरिकोको नाममा बैकंमा राखिदिएको पनि रामबहादुरका ससुराको भनाई छ । घर वनाउदा उनिहरुले केही लाख खर्च भएता पनि अन्य सबै बैकंमा नै रहेको उनले बताए । अहिले उक्त रकम सबै लिएर कल्पना हिडेको भन्ने आफुले बुझेको उनको भनाई छ । आफुले २ कठ्ठा जग्गा छोरिलाई दिन खोज्दा छोरिले नै जग्गा १ कठ्ठा मात्र दिदाँ हुन्छ भनी भनेको कल्पमाका बुबाले बताएका छन । घर बनाउन अरु पैसा दिनु जग्गा १ कठ्ठा मात्र दिनु भनी छोरिले नै भनेको उनले बताए ।
त्यसैले आफुले ११ लाख पैसा छोरिको नाममा बैंकमा राखि दिएको उनले बताएका छन । कल्पनाले जग्गा पनि आफ्नै नाममा गरिदिन कर गरेको उनले बताए । आफुले दिन्छु भनेर बोली सके पछि बोली फिर्ता नगर्ने पास पछि गर्दा पनि हुन्छ भन्दा छोरी नमानेको उनको भनाई छ । छोरिले कर गरे पछि आफुले उसैको नाममा गरिदिएको र उनिहरुले त्यहाँ सानो घर समेत बनाएको कल्पनाका बाबुले बताएका छन । अहिले छोरी पैसा सबै लिएर हिडेको उनले बताए । ज्वाईले भने जसरी भए पनि खोजेर आफुसगँ राख्नु भन्ने गरेको उनको भनाई छ । (भिडियो हेर्नुस)


