बिदेश गएकी श्रीमती अर्कैको अङ्गालोमा,दुबै तर्फका पीडित मिडियामा (भिडियो हेर्नुस)
सिन्धुली घर भै काठमाडौ बस्दै आएकी कमला तामाङ र सिन्धुली कै भिमान घर भएका सुब्बा सार्की मिडियामा आएका छन । कमलाका श्रीमान र सुब्बाकी श्रीमती अहिले सगैँ भागेको भन्दै उनिहरु मिडियामा आएका हुन । श्रीमती रंजना सार्की ४ वर्ष देखि वैदेशिक रोजगारीका लागि दुबै गएको र उतै कमलाका श्रीमानसगँ भेट भएर उनिहरु सगै बस्दै आएको आफुहरुले बुझेको उनिहरुको भनाई छ । कार्तिक महिनामा श्रीमान घर आएको कमलाले बताएकी छिन ।
तर घर आए पछि आफुहरुको सम्बन्ध राम्रो नभएको उनले बताईन । श्रीमान रन्जनासगँ लागेको आफुले थाहा पाएको उनले बताईन । काठमाडौको माछापोखरिमा रन्जना र आफ्नो श्रीमानलाई एउटै कोठामा रंगेहात भेटे पछि आफुहरुले त्यही बेला नै बालाजु प्रहरिमा गएर मिलापत्र समेत गरेको कमलाले बताईन । आफुहरु साथी भएको र अब देखि यस्तो गल्ती नगर्ने भन्दै प्रहरिमा सहमती कागज गरे पछि रन्जना पनि घर गएको कमलाले बताएकी छिन ।
तर सहमती गरेकै दिन बेलुका घरमा आएर श्रीमानले आफुलाई कुटपिट गर्ने गरेको उनले बताईन । बिबाह गरेको ७ वर्ष पुगि सकेको तर त्यो भन्दा अगाडि श्रीमानसगँ आफ्नो कहिले पनि झगडा नभएको कमला बताउँछिन । रन्जनासगँ सम्बन्ध श्रीमानको हुन थाले पछि आफुसगँ सम्बन्ध बिग्रेको उनको भनाई छ । प्रहरिमा सहमती भए पछि पनि रन्जनासगँ श्रीमान भेट्ने गरेको उनले बताएकी छिन । रन्जना काठमाडौ आएको बेला उनिहरु राती सगैँ बस्ने गरेको कमलाको भनाई छ ।
अहिले १५ दिन अगाडि उनिहरु पुन फरार भएको कमलाले बताएकी छिन । श्रीमती रन्जना ४ वर्ष अघि दुबइ गएको सुब्बाले बताए । कमलाका श्रीमान भने ६/७ महिना अघि मात्र दुबै गएका थिए । केही महिना मै उनी दुबैबाट फर्किएको कमलाले बताईन । रन्जना पनि ४/५ महिना अघि नेपाल आएको र नेपाल आए पछि आफुहरुको सम्बन्ध बिग्रेको सुब्बाले बताएका छन । घर आएर ५/६ दिन मात्र घर बसेको उनले बताए । काठमाडौमा काम छ भनी त्यो बेला श्रीमती काठमाडौ आएको उनले बताए ।
पछि अर्कैसगँ रङ्गेहात भेटे पनि प्रहरिमा मिलापत्र गरि घर लिएर गएको भएता पनि अहिले फेरि घरबाट थाहै नदिई हिडेको सुब्बाको भनाई छ । उनिहरु दुबैमा पनि सगै नै बसेको बुझिएको कमलाले बताएकी छिन । आफू निकै दुख सहेर अहिले बसेको भन्दै श्रीमानको खोजी गर्न सहयोग गर्न आग्रह गरिन । सबै कुरा छोडेर अब यस्तो गल्ती नदोहोर्याए एक मौका दिएर आफुहरु मिल्न तयार भएको कमला र सुब्बाको भनाई छ । यहि होइन भने आफुले पाउने अधिकार दिनु पर्ने कमलाले बताईन । (भिडियो हेर्नुस)


