latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मुगुका मान्तेलाई काठमाडौँमा श्रीमतीको उपचार गराउन सकस
मुगुको सोरु गाउँपालिका–४ फोतु गाउँका ७१ वर्षीय मान्ते शाहीलाई ६७ वर्षीया श्रीमती हाँसुको उपचार गराउन सकस भएको छ । उहाँ आर्थिक अभावले ललितपुरको पाटन अस्पतालमा छट्पटाइरहनुभएको छ ।

उहाँकी श्रीमती विगत पाँच वर्षदेखि दम रोगले थला पर्नुभएको छ । ऋण सापट र वृद्धाभत्ता जोरजाम गरेर पहिलो पटक औषधि उपचार गर्न ललितपुर पाटन अस्पताल पुग्नुभएका शाही आर्थिक समस्यामा बल्झिनु भएको छ । ऋण सापट गरिल्याएको पैसा काठमाडौँ जाँदा बाटोमै सकिएपछि शाहीलाई श्रीमतीको उपचार गर्न सास्ती भएको हो ।

“पैसा छैन डाक्टरले यो औषधि किन्नु प¥यो त्यो औषधि किन्नु प¥यो भन्न थाल्छन्” शाहीले फोनमा कुरा गर्दै भन्नुभयो, “ऋण सापट गरिल्याएको पैसा सकियो, कसरी औषधि किनेर श्रीमतीलाई बचाऔँ ?।” अस्पतालको शय्यामा श्रीमतीको मुख हेर्दै रुनुबाहेक अरू कुनै उपाय नभएको उहाँ सुनाउनुहुन्छ ।

काठमाडौँ उपत्यकामा श्रीमतीको औषधि उपचार तथा आफैँलाई बिहान–बेलुका छाक टार्नसमेत मुस्किल परेको शाहीले बताउनुभयो । बिरामी श्रीमती बोकेर उहाँ गत मङ्सिर २३ गते घरबाट बाजुराको कोल्टी हँुदै नेपालगञ्ज पुग्नुभएको थियो । त्यहाँ केही दिन आफन्तको डेरामा बसेर शाहीले श्रीमतीको उपचार गराउनुभएको थियो ।

काठमाडौँमा छिटो र राम्रो उपचार हुन्छ भन्ने सुनेपछि शाही श्रीमतीसहित बस चढेर पुस अन्तिम साता काठमाडौँ पुग्नुभएको हो । उहाँका आफन्तले पाटन अस्पतालमा श्रीमतीलाई भर्ना गरिदिए । आर्थिक अभावले उहाँको उपचार कठिन बन्दै गएको छ । पाटन अस्पतालको तीन तलामाथि आइसियुमा शाहीकी श्रीमती उपचाररत हुनुहुन्छ । बाहिर ढोकामा शाही खर्च नहुँदा छट्पटाइरहनुभएको छ । काठमाडाँैमै लामो समयदेखि ज्यालादारी काम गर्दै आउनुभएका शाहीका छोरीज्वाइँ पनि अहिले अस्पातलमै साथमा रहनुभएको छ । तर उहाँको पनि शाहीकै जस्तै अवस्था छ ।

आमाको अवस्था नाजुक हँुदै गएपछि छोरा बृजन पनि पाटन अस्पताल पुग्नुभएको छ । “ऋण काढ्ने् कहिँकतै ठाउँ छैन, घरमा कोही जागिरे छैनन्, कृषि कर्म गरी जीवन निर्वाह गर्दै आएकाले उपचार खर्च जुटाउन सम्भव छैन”, बृजनले फोनमा भन्नुभयो । श्रीमती र आफ्नो सामाजिक सुरक्षा भत्ता जम्मा गरेर शाही काठमाडौँ उपचार गर्न जानुभएको हो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय