latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

कोरोना सङ्क्रमण दर घट्यो, आज छ हजार सङ्क्रमणमुक्त
पछिल्ला केही दिनयता नेपालमा कोरोना सङ्क्रमणदर घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार शनिबार कूल परीक्षणको करिब ३४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि नेपालमा कूल परीक्षणको ५० प्रतिशत बढीमा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका अनुसार आज १४ हजार ५६२ नमूनाको परीक्षण गर्दा चार हजार ९०४ मा सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा पाँच हजार ९२४ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा कोरोना सङ्क्रमणबाट छ जनाको ज्यान गएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ ।

हालसम्म कोरोनाबाट ११ हजार ७०३ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ५२ लाख नौ हजार ५९६ नमूना परीक्षण गर्दा नौ लाख ४७ हजार ३९२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म आठ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा एक करोड ६५ लाख २७ हजार ७४१ पहिलो डोज, एक करोड ४० लाख १५ हजार ३४२ र तीन लाख ३३ हजार ८३५ मात्र बुस्टर डोज लगाइएको मन्त्रालयले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय