
उदयपुरका युवकसँग टीकटक भाईरल बिनुले कसिन् लगन गाँठो
उदयपुर । पछिल्लो समय मनोरञ्जनका लागि अब्बल सामाजिक सञ्जाल टीकटकमा भाईरल बनेकी बिनु अधिकारी वैवाहिक बन्धनमा बाँधीएकी छन् । टीकटकमा लाखौ फलोअर्स भएको बिनुले उदयपुरका युवकसँग बिवाह गरेकी हुन् ।
झापा स्थायी घर भएकी बिनुले उदयपुर बेलका नगरपालिका वडा नम्बर ४ गुरुङचौरी भट्टराईचोक घर भएका युवक रमण पराजुलीलाई उनले पतिको रुपमा रोजेकी हुन् ।
स्रोतका अनुसार बिनु र रमण केही समयदेखि एक अर्काको प्रेम सम्बन्धमा रहेका थिए ।
राजधानी काठमाडौंस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनको क्रममा उनीहरुको चिनजान बिस्तारै प्रेममा परिणत भएको थियो ।
अध्ययनसँगै काठमाडौंमो व्यवसाय गरेर बस्ने रमेश र टीकटक भाईरल बिनु हाल दुवैजना पेप्सीकोला बस्दै आएका छन् ।
कोभिडका कारण सीमित आफन्त नातागोताबीच झापामा बिवाह भएको पारिवारिक स्रोतले जनाएको छ ।
सामाजिक सञ्जाल टीकटकमा लोकप्रिय बनेकी बिनु विशेष गरी मौलिक भिडियोहरु बनाउने गर्छिन् ।
पछिल्लो समय उनको टीकटकमार्फत बिभिन्न स्थानीय कम्पनी तथा व्यवसायिक क्षेत्रले आफ्नो व्यवसाय प्रबर्दनका लागि विज्ञापन समेत गर्ने गरेका छन् ।जेठोखबर बाट