latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

माइती हिँडेकी युवती छाेरीसहित झुण्डिएकाे अवस्थामा भेटिइन

माइती हिँडेकी युवती छाेरीसहित झुण्डिएकाे अवस्थामा भेटिइन
दार्चुला । एक वर्षीया छाेरी बाेकेर माइती हिँडेकी युवती छाेरीसहित रूखमा झुण्डिएकाे अवस्थामा फेला परेकी छिन् ।

शैल्यशिखर नगरपालिका–८ तल्चौरमा खन्याको रुखमा एक वर्षीया छोरीसहित आमाले शुक्रबार झुण्डिएर आत्महत्या गरेकाे हाे ।

शैल्यशिखर–७ बोहरीगाउँबाट शुक्रबार दिउँसो बैतडीकाे दाेगाडाकेदार गाउँपालिका न्वालीस्थित माइती हिँडेकी अन्दाजी २३ वर्षीया सरस्वती बिष्ट छोरीसहित रुखमा झण्डिएको अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।

दुपट्टा च्यातेर दुई भाग बनाई एउटामा छाेरी र अर्कोमा युवती आफू रुखमा झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टले बताए । मृतक युवतीको माइती घर बैतडीको दोगडाकेदार गाउपालिकाको न्वाली रहेको शैल्यशिखर नगरपालिका–८ का वडा अध्यक्ष अजबसिह बिष्टले बताए। मृतक युवतीका श्रीमान् भारतकाे बेंग्लाेरमा छन् । उनकाे गत वैशाखमा विहे भएकाे एक वर्ष पूरा भएकाे थियाे ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायण बिष्ट नेतृत्वको टोलीले घटनास्थलको मुचुल्का उठाएर पोष्टमाटमको लागि शव गोकुलेश्वर अस्पताल लगेको वडाध्यक्ष बिष्टले बताए । ‘घटना के, कति कारणले भएको हो, यसबारे पोस्टमार्टम रिपोर्ट आएपछि थाहा हुन्छ’, प्रहरी निरीक्षक बिष्टले भने, ‘हामी घटनाको अनुसन्धानमा जुटेका छाैं ।’ बिशेस खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय