latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

पढ्न नपाएपछि ९ वर्षकी बालिकाले देश छोडिन्, विदेशमा गएर पोर्नस्टार बनिन्

काठमाडौं। यासमिना अलीको सबैभन्दा ठूलो पहिचान यो हो कि उनी अफगानिस्तानकी एकमात्र पोर्नस्टार हुन् । उनले तालिबानको शासनका बारेमा कैयौं अहम कुराहरु गरेकी छिन् । उनले अफगानिस्तानमा महिलाको शिक्षाका विषयमा पनि प्रश्न उठाएकी छिन् । उनले आफू कसरी परिवारका साथमा लण्डन पुगेकी थिइन् भन्ने बारेमा पनि बताएकी छिन् । हालै एक पडकास्ट अन्तरवार्तामा उनले आफ्नो जीवनका कैयौं पक्षहरुबारे खुलेर कुरा गरेकी छिन् । यासमिना अलीले आफूलाई यौन अभियन्ता पनि भन्ने गरेकी छिन् ।

डेलीस्टारका अनुसार यासमिना अलीले हालै आफू वयस्क उद्योगमा आउनु, तालिबान र आफ्नो धार्मिक मान्यता आदिको बारेमा खुलेर कुरा गरेकी छिन् । यासमिनाले तालिबानको क्रुर शासनबारे आफ्नो राय राखेकी छिन् । यासमिनाले यी कुराहरु ‘आइ हेट पोर्न पडकास्ट’मा टमी म्याकडोनाल्डसँग कुरा गर्ने क्रममा बताउकी हुन् । यासमिनाले अन्तरवार्तामा आफ्नो अहिलेको जीवन र बाल्यकालको जीवनमा जमिन आकाशको फरक लाग्ने बताएकी छिन् ।

उनी भन्छिन् ‘१९९० मा तालिबानले हाम्रो देश अफगानिस्तानमा शक्ति हासिल गरेको थियो । मलाई थाहा थियो कि एक महिला सधैं उनीहरुको आँखामा खट्किनेछु । म जुन परिवेशमा जन्मिएँ कैयौं पटक यो धेरै दुखद र नृशंश थियो ।’ यासमिनाले यो अन्तरवार्तामा आफू अफगानिस्तानकी एक्ली पोर्नस्टार भएको दावी गरिन् ।

यासमिनाका अनुसार सुरुवातमा उनलाई पढ्न प्रतिबन्ध लगाइएको थियो । उनले भनिन् ‘मैले प्रस्ट देखिरहेकी थिएँ कि अफगानिस्तानमा पुरुष र महिलामा धेरै अन्तर छ ।’ उनका अनुसार अफगानिस्तानमा कुनै पुरुष साथमा नहुँदासम्म महिला घरबाहिर जान पाउँदैनथे । सधैं पर्दामा बस्नु पर्थ्यो । यासमिनाकी आमाले उनीसँग अफगानिस्तानमा बलात्कार जस्तो कुनै घटना नहुने बताउँथिन् ।

यासमिनाले ९ वर्षको उमेरमा सपरिवार अफगानिस्तान छोडेकी थिइन् । त्यसपछि उनी बेलायत पुगिन् । त्यहीँ गएर उनले अगाडि पढिन् । बेलायतमा उनलाई यौन शिक्षाको बारेमा पढाइयो । यासमिना बेलायत गएपछि त्यहाँको जीवनशैलीमा निकै छिटो ढलिन् । उनका अनुसार उनले त्यहाँ सम्मान पाइन् । उनी सुरुवातमै नास्तिक समेत बनिसकेकी थिइन् ।

उनले भनिन् ‘म स्कार्फ लगाउँथें । मानिसहरु मलाई आश्चर्यजनक तरिकाले हेर्थे तर कसैले ममाथि हमला गर्दैनथे । केही मानिसहरु मलाई तालिबान पनि भन्थे । म स्कुलमा पनि एक्ली केटी थिएँ जो टाउकोमा स्कार्फ लगाएर जान्थें ।’ पछि यासमिना वयस्क फिल्म उद्योगमा आइन् तर त्यहाँ पनि उनले पोर्न भिडियो सुटिङमा समेत टाउकोमा स्कार्फ लगाइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय