पब्जीका कारण १४ वर्षीय बालकले गरे आमा, दाजु र दुई दिदीको हत्या
एजेन्सी: पब्जी खेलको प्रभावमा एक बालकले परिवारका सदस्यको हत्या गरेका छन्। पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले आमा, एक दाजु र दुई दिदीको हत्या गरेका हुन्।

१४ वर्षीय नाहिदले खेलकै प्रभावमा ४५ वर्षीया आमा नाहिद मुबारक, २२ वर्षीय दाई तैमुर, १७ र ११ वर्षीया दिदीको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उक्त १४ वर्षीय बालक पब्जी खेलको लत लागेको थियो। लामो समयसम्म लगातार अनलाइन खेलले उनमा मनोवैज्ञानिक समस्या उत्पन्न भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

दिनभर पब्जी खेल्ने गरेकाले आमाले गाली गरेपछि आलमारीमा भएको आमाको पेस्तोल निकालेर उनले सबै परिवारका सदस्यको हत्या गरेका थिए।

पाकिस्तानको बलुचिस्तानमा बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु

क्वेटा, पाकिस्तान : बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

क्वेटाको सरयाब रोडमा अज्ञात आक्रमणकारीले कारमा गोली चलाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बन्दुक आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी अधिकारीले जानकारी दिएका छन्। मृत्यु हुनेमा बाबु र छोरा रहेका छन्।

यसअघि जनवरी २४ मा पनि अज्ञात आक्रमणकारीले लाहोर प्रेस क्लब बाहिर हुसैन शाह नामका एक अपराध संवाददातालाई गोली हानी हत्या गरेका थिए। -एएनआई

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय