३८ करोड पाउनका लागि रेलको लिकमा सुतेर दुवै खुट्टा गुमाए, तर एक रुपैयाँ पनि पाएनन्
काठमाडौं। एक व्यक्तिले बीमाको पैसा हात पार्नको लागि यो हदसम्मको षड्यन्त्र रचे कि त्यसबारे थाहा पाउने जो कोही अचम्ममा परे । उनले रेलको लिकमा सुतेर आफ्ना दुवै खुट्टा गुमाए ताकि बिमाको रकम पाउन सकुन् ।

उनले एक–दुईवटा होइन १४ वटा बिमा पोलिसी लिएका थिए । उनका यी बिमाको कूल रकम २.४ मिलियन पाउण्ड थियो ।

यो रकम पाउनको लागि हदैसम्मको प्रयास गरेको भए पनि उनले कैयौं वर्ष पछिसम्म बिमाको एक रुपैयाँ पनि पाउन सकेनन् ।

डेलीमेलमा प्रकाशित एक रिपोर्टअनुसार हंगेरीको निरसास्जारीको जिल्ला अदालत हालै स्यान्डर सिएस नामका ती व्यक्तिले बिमाको रकम नपाउने फैसला गरेको छ ।

अदालतले स्यान्डर बिमाको रकम र मुआब्जा पाउनकै लागि जानीजानी ट्रेनअगाडि सुतेर दुवै खुट्टा कटाएको ठहर गर्दै उनले पैसा नपाउने फैसला गरेको हो । २०१४ मा भएको यो घटनामा ५४ वर्षीय स्यान्डरले आफ्ना दुवै खुट्टा गुमाएका थिए ।

स्यान्डर विगत ७ वर्षदेखि कृत्रिम खुट्टा र ह्वीलचेयरको सहारामा बाँचिरहेका छन् । दुवै खुट्टा गुमाएपछि स्यान्डरले बिमा कम्पनीहरुलाई भुक्तानीको लागि सम्पर्क गरे ।

तर, उनको षड्यन्त्रको खुलासा भएको छ । खासमा जुन दिन स्यान्डरले आफ्ना दुवै खुट्टा गुमाएका थिए त्यसको केही दिन अगाडि मात्र उनले एक–दुई नभइ पूरै १४ वटा उच्च जोखिमयुक्त जीवन बिमा पोलिसी लिएका थिए ।

बिमा कम्पनीहरुले उनले यसरी बिमा पोलिसी लिएको थाहा पाएपछि उनीहरुलाई शंका भयो । उनीहरुले दावी गरिएको रकम दिन ढिलाइ गरे । बिमा कम्पनीहरुले ढिलाइ गरेपछि स्यान्डर अदालत गए । अदालतमा स्यान्डरले आफू काँचको टुक्रामा चिप्लिएर ट्रेनअगाडि पुगेर दुर्घटना भएको दावी गरेका थिए ।

तर, ७ वर्षसम्म चलेको अनुसन्धानमा उनी जानीजानी ट्रेनअगाडि गएको खुलासा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय