latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

एक घर एक धारा अभियानपछि तरकारी खेती
खानेपानी समस्या रहेको देवघाट गाउँपालिका–२ ब्यागनमा एक घर एक धारा अभियानले स्थानीयको जीवनयापन सहज बनाएको छ । जिल्लाको दुर्गम भनेर चिनिने देवघाट गाउँपालिकाको ब्यागनमा एक घर एक धारा अभियान सम्पन्न भएपछि यहाँबाट विस्थापित भएका झण्डै एक दर्जन मानिस गाउँ फर्किएको वडाध्यक्ष पोलबहादुर आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विकासले मानिसलाई यति धेरै प्रभावित बनाउँदो रहेछ ।”

गण्डकी प्रदेश सरकारको रु.एक करोड ५८ लाख आर्थिक सहयोगमा दुर्गम बस्तीमा उक्त अभियान सम्पन्न भएको हो । कुँवाको एक गाग्री पानी भर्न कठिनाई भोग्नुपर्ने उक्त क्षेत्रमा घरघरमा पानीको धारा जडान गरेपछि स्थानीयलाई निकै सहज भएको छ । सोही वडाको छिपछिपे भञ्ज्याङ घोप्रे खोलाबाट मुल ट्याङ्कीसम्म ७ किलोमिटर टाढाबाट पानी ल्याएर वडाबासीलाई वितरण गरिएको वडाध्यक्ष आलेले जानकारी दिनुभयो । गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी छन् । उहाँले भन्नुभयो, “अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर हुन थालेका छन् ।”

उक्त आयोजनाबाट त्यसक्षेत्रका ५२ घरधुरीका करिब ३०० मानिस लाभान्वित भएका छन् । वडाका अन्य केही बस्तीमा पनि खानेपानीको समस्या रहेको र लिफ्टीङको लागि आवश्यक पहलकदमी भैरहेको वडाध्यक्ष आलेले बताउनुभयो । –––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय