latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

भूकम्पको धक्का महसुस
यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ ।
–––

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

बागलुङ र पर्वतको सिमानामा पहिलोपटक प्रहरी पोष्ट स्थापना गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गामा बिहीबारदेखि अस्थायी प्रहरी पोष्ट सञ्चालनमा आएको हो ।

बढ्दो जनघनत्वसँगै हुनसक्ने गैरकानुनी गतिविधि रोकथाम गर्नका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डी करिडोरको मिलनविन्दुसमेत रहेकाले उक्त स्थानमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयोे । दुवैतर्फका राजमार्गमा हुनसक्ने सवारी दुर्घटना न्यूनीकरण गर्न र कालीगण्डकी नदीबाट हुनसक्ने गिट्टी, बालुवाको अवैध उत्खनन नियन्त्रण गर्न प्रहरी पोष्टले ठूलो भूमिका खेल्ने बुढाथोकीले बताउनुभयो ।

अस्थायी प्रहरी पोष्टको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले शुभारम्भ गर्नुभएको हो । उहाँले यो पोष्टबाट चौबीसै घण्टा नागरिकलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रशासन शाखाको यही माघ ५ गते र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कार्यशाखाको माघ ६ गतेको पत्रको आदेशानुसार अस्थायी प्रहरी पोष्ट सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कुश्मा–१ का कार्यवाहक वडाध्यक्ष वीरेन्द्र रिजालले लामो समयदेखि माग गर्दै आएको प्रहरी पोष्टको माग पूरा भएको बताउनुभयो । उहाँले दुई जिल्लाको सिमानामा हुने गैरकानुनी क्रियाकलाप र राजमार्गको सुरक्षाका लागि यसको ठूलो महत्व रहेको बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय