काठमाडाैँ । उदयपुर गाईघाटका श्याम भुजेलका तीनमध्ये माइला छोराको दुबईमा नि’ध’न भयो । जेठा सम्पर्कविहीन छन् ।
अवैध रुपमा मान्छे ओसारपसार गर्ने तस्कर सुमन घिमिरेले ती दाजुभाईलाई दुबई पुर्याएका थिए । दुई मध्ये एकको मृ’त्यु भएको पत्र पुग्यो, अर्का छोरा जेल परेको खबर छ तर सम्पर्क छैन ।
विपन्न आर्थिक अवस्थाका भुजेल परिवारले जसोतसो ऋणदान गरेर २ लाख बढी बुझाए । र, श’व नेपाल ल्याए । तर, बेपत्ता रहेका अर्को छोरा खोजिदिने भने कोही भएन ।
दुवईबाट अरबी भाषामा लेखिएको एक पत्र बोकेर केही दिन अघि प्रहरीहरु श्याम भुजेलका छोरा विकासको घर कुन हो भन्दै सोधीखोजी गरे । ती प्रहरीले घरमै पुगेर एक पत्र विकास भुजेलका बाबुको हातमा राखिदिए ।
पत्र अरबी भाषामा लेखिएका कारण बुझुन् समस्या भयो । अरबी भाषा उल्था गराएर पत्र पढेपछि थाहा भयो– त्यो पत्र छोराको मृ’त्युको सन्देश बोकेर आएको रहेछ ।
आमाबाबु विक्षिप्त
घटना विवरण सुनाउन मृतक विकास र बेपत्ता रहेका प्रकाश भुजेलकी दिदी हाम्रै कार्यालयसम्म आएर धर्धरी रोइन् ।
वैदेशिक रोजगारीका नाममा मानव तस्करहरुले उदयपुर गाइघाटका एकै परिवाका दुई भाईलाई दुबई पुर्याए । दुवई जाने मध्ये जेठा २२ वर्षका प्रकाश भुजेल चार महिनादेखि बेपत्ता छन्, २१ वर्षका माइला विकास भुजेलको त्यही नि’ध’न भइसक्यो ।
दुई छोराको पीरले आमाबाबु विक्षिप्त अवस्थामा छन् । दुवईमै मृ’त्यु भएका माइला विकासको श’व ल्याउन ऋणदान गरेर २ लाख ८० हजार बुझाए । र, विकासको श’व नेपाल ल्याए ।
तर, आर्थिक रुपमा विपन्न भुजेल परिवारमा यस्तो बज्रपात परेपछि अर्को छोराको खोजी गरिदिन हार गुहार गर्ने अहिले प्रकाश र विकासकी दिदी स्वस्थानी भुजेल मात्रै छिन् । केही दिन अघि स्वस्थानी र उनलाई सहयोग गर्ने दुई छिमेकी हाम्रो कार्यालयसम्म आइपुगे ।
श’व ल्याउन ऋण गरेर २ लाख ८० हजार
पत्रमा पाँच दिनभित्रमा दुवईबाट श’व फिर्ता लैजाने भए लैजानु अन्यथा त्यहीको नियमअनुसार व्यवस्थापन गरिदिने विवरण उल्लेख थियो । एउटा छोराको मृ’त्युको खबर, अर्को छोरो पनि सम्पर्कविहीन भएको खबर सुनेपछि ती वृद्ध आमाबाबुको मनमा के बित्यो होला ? उनीहरुले दुई छोरालाई दुवई पुर्याउने सुमन घिमिरे नामक मानव तस्करलाई फोन गरे ।
उनले पाँच लाख रुपैयाँ माग गरे । अर्को छोरासँग सम्पर्क गराइदिने झुटाे आश्वासन मात्रै बाँडिरहे । यद्यपि ऋणदान गरेरै भएपनि २ लाख ८० बुझाएपछि मृ’त्यु भएका विकासको श’व नेपाल आइपुग्यो । र, उनको ४ दिन अघि मात्र दाहसँस्कार गरिएको छ ।
सरकारी निकायको नजर परेन
भुजेल परिवारमा आइपरेको यस्तो बज्रपात सरकारी निकायको नजरमा खास परेको छैन । भुजेल परिवारले दुवईस्थित नेपाली दूतावास र काठमाडौंमा परराष्ट्र मन्त्रालयमा सहयोगको याचना गर्दै दिएको निवेदन समेत दिए ।
आफ्ना एक भाईको भाइको खोजीमा सहयोग गरिदिन आग्रह गर्दै हाम्रो कार्यालयसम्म आएकी दिदी स्वस्थानीले यस्तो विपतमा सहयोग गर्ने कोही पनि नभएको बताइन् ।
माइला विकासको नि’ध’न भएको खबर सुनिए पनि जेठा प्रकाश जीवीतै फर्किने आशा गरिएको छ । भिजिट भिसामा प्रकाश र विकासलाई दुवई पुर्याउने सुमन घिमिरेले प्रकाश दुवईको जे’लमा रहेको खबर दिएका छन् । उनको एकीन सूचना समेत भुजेल परिवारसँग छैन ।न्युज24 बाट


