latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

मनाङमा जनसङ्ख्याभन्दा बढी मतदाता
मनाङ, १३ माघ (रासस) :
केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या सबैभन्दा कम छ । विभागको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या पाँच हजार ६४५ छ । अहिले सार्वजनिक भएको तथ्याङ्क विसं २०७४ को मतदाताको सङ्ख्याभन्दा कम देखिएको हो ।

विसं २०६८ को जनगणनामा यहाँ पाँच हजार ९०० जनसङ्ख्या थियो भने विसं २०७४को जनसङ्ख्याभन्दा अहिलेको सङ्ख्या २५५ ले घटेको देखिएको छ । उक्त तथ्याङ्कअनुसार जिल्लाको जनसङ्ख्याभन्दा मतदाता सङ्ख्या भने बढी देखिएको छ । विसं २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३०९ रहेको थियो भने चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६१२ मतदाता थपिएका छन् ।

अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ । मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न मुस्किल भएको छ । जनगणना अनुसार नार्पाभूिम गाउँपालिकामा ४४२ अर्थात सबैभन्दा कम जनसङ्ख्या रहेको छ ।

प्रारम्भिक जनगणना पहिलो चरणमा गत भदौ ३० देखि असोज १८सम्म र दोस्रो चरणमा गत कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय