latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

फेदाप १ सिम्ले थाक्चाेके बस्नु हुने वर्ष २२ का सुजता लिम्बु ३ हप्ता अघि बाट परिवार संग सम्पर्क विहिन हुनुभएकाे छ । उहाँकाे एक छोरा र काखकाे ३ वर्षिय छोरि पनि छाडेर जानु भएको हुँदा देख्नु हुने वा भेट्नु हुने महानुभावले सम्पर्क गरि सहयोग गरिदिनु हुन पति माेहन लिम्बुले सम्पुर्णमा अनुरोध गर्नु भएको छ ।

https://youtu.be/DETcZZV0TOs

प्रदेश १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमण
विराटनगर, १२ माघ (रासस) :
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा छ÷छ, तेह्रथुममा तीन, पाँचथरमा दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो । एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

स्थानीय पालिकाअनुसार सबैभन्दा बढी मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, झापाको बिर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, सुनसरीको इटहरीमा ४२ र धरानमा ५९ जनासहित ५५ पालिका सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १२३ महिलासहित २७२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात हजार १८५ पुगेको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय