latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
सोमबार , साउन ११, २०८३

सोनाम ल्होछार घरघरमा मनाइने
चितवन, १२ माघ तामाङ समुदायले यस वर्ष मञ्जुश्री २८५८औँ ‘सोनाम ल्होछार’ पर्व घर–घरमा मनाउने भएका छन् । विश्वव्यापी रुपमा बढ्दै गएको कोरोना सङ्क्रमणका कारण यस वर्ष ल्होछार घरमा नै बसेर मनाउन लागिएको हो ।

यही माघ १९ गते ल्होछार पर्व पर्दछ । नेपाल तामाङ धेदुङ्ग सङ्घ चितवनका अध्यक्ष गोपीराज घलानका अनुसार कोरोना करहका कारण स्थानीय प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी सहभागी हुन रोक लगाएकाले यसवर्ष ल्होछार घरमा नै मनाउन लागिएको हो ।

कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी मनाइने उहाँले बताउनुभयो । सामान्यतः गुम्बा, गुठीलगायतका क्षेत्रमा भेला भएर मनाउने गरिएकामा यस वर्ष राष्ट्रिय परिस्थितिका कारण समस्या आएको हो । उहाँले भन्नुभयो, “यही माघ १९ गते परेको ल्होछारमा आफन्तसँग भेटघाटसमेत हुनसक्ने अवस्था रहेन ।” यस वर्षबाट गाई वर्गको अन्त्य भई बाघ वर्ग सुरु हुने उहाँले बताउनुभयो ।

जिल्लाकै ठूलो छेच्यु थर्पलिङ गुम्बा भोजाडमा वर्षेनि सोनाम ल्होछार पर्व भव्यताका साथ मनाउने गरिएको थियो । अन्य गुम्बामा पनि यो पर्व मनाउने गरिन्छ । घलानले सबैलाई स्वास्थ्य मापदण्डको पालना गर्दै घरघरमा पर्व मनाउन आग्रह गर्नुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय