latest
डा. गोविन्द केसीको २४औँ सत्याग्रहअघि नै वार्ता गर्न रवि किरण हमालको सरकारलाई आग्रह  ||    EPS स्कुलमा क्यान्सर सचेतना र ‘यात्रामा लगानी गर्नुहोस्’ कार्यक्रम सम्पन्न, विद्यार्थीमा स्वास्थ्य र पर्यटनबारे जागरण  ||    रानी दिदी र हर्क साम्पाङ बीच भेटवार्ता  ||    श्रमसंस्कृति पार्क ठेक्का लगाउने विषयमा मैले कुनै अभिव्यक्ति दिएको छैन कार्यवाहक नगर प्रमुख अईन्द्र विक्रम बेघा  ||    बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’  ||    बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ  ||    मन्त्री कुलमानले २४ घण्टा भित्र बाचा पुरा गरे  ||    निकोलस भुसालले धरान पुगेर श्रमदान गर्दै यसो भने  ||   
मंगलबार , साउन १२, २०८३

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
दमक, १२ माघ
जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो । आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएको थियो । दुम्से बस्ती हात्ती प्रभावित क्षेत्र मानिन्छ । दुई वर्षपछि दमकमा हात्तीले फेरि मान्छेको ज्यान लिएको वडाध्यक्ष बरालले बताउनुभयो ।

दमक अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि झापाको दमकस्थित सरकारी अस्पतालको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । दमक अस्पतालका सूचना अधिकारी देवी दङ्गालका अनुसार आजदेखि शुक्रबारसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको हो ।

अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस क्षेत्रको स्वास्थ्य बिमाको प्रथमविन्दु दमक अस्पताल मानिन्छ । यस अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीले बिमामार्फत उपचार सेवा पाउँदै आएका मेडिकल सुपरिटेन्डेण्ट डा खड्ग लिम्बूले जानकारी दिनुुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय